काठमाडौं। भातरले गायिका, नायिका तथा व्यवसायी महिला रिहानालाई भारतमा चलिरहेको किसान आन्दोलनका विषयमा हतारमा प्रतिक्रिया नजनाउन आग्रह गरेको छ।
भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रतिक्रिया जनाउनुअघि मुद्दालाई राम्रोसँग बुझ्न र सामाजिक सञ्जालले दिने ख्यातीको पछि नलाग्नसमेत आग्रह गरेको छ।
“यस्ता विषयवस्तुमा टिप्पणी गर्नुअघि तथ्य पत्ता लगाउन हामी आग्रह गर्दर्छौं। ताकि, मुद्दाका विषयमा आफूलाई राम्रो जानकारी होस्। सनसनीपूर्ण सामाजिक सञ्जाल ह्यासट्याग र टिप्पणीको प्रलोभनमा विशेषगरी सेलिब्रेटी तथा अन्यले जब टिप्पणी गर्छन् न त सत्य हुन्छ न उत्तरदायी नै,” भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बारबाडियन सेलिब्रेटी रिहानाले हिजो एक ट्वीट गर्दै भारतको चलिरहेको किसान आन्दोलनको विषयमा चिन्ता व्यक्त गरेकी थिइन्। ट्वीटरमा भारतमा भइरहेको किसान आन्दोलनका विषयमा सीएनएनको समाचार सेयर गर्दै रिहानाले लेखेकी थिइन्, “हामी यस (किसान आन्दोलन) बारेमा कुराकानी किन गरिरहेका छैनौं?”
रिहानाको ट्वीट प्रकाशित भएपछि भारतमा यसले तरंग पैदा गरेको छ। भारतीय नेतादेखि सेलिब्रेटीसम्मले प्रतिक्रिया जनाएका छन्। कति रिहानालाई गाली गरेका छन् भने कतिले प्रशंसा। यसैबीच भारतीय विदेश मन्त्रालयले रिहानाको ट्वीट्लाई आज विज्ञप्ति जारी गरेको हो।
विज्ञप्तिमा केही स्वार्थ समूहले आफ्ना अजेण्डा लागू गर्न किसानहरूलाई भड्काइरहेको आरोप लगाइएको छ।
" /> काठमाडौं। भातरले गायिका, नायिका तथा व्यवसायी महिला रिहानालाई भारतमा चलिरहेको किसान आन्दोलनका विषयमा हतारमा प्रतिक्रिया नजनाउन आग्रह गरेको छ।भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रतिक्रिया जनाउनुअघि मुद्दालाई राम्रोसँग बुझ्न र सामाजिक सञ्जालले दिने ख्यातीको पछि नलाग्नसमेत आग्रह गरेको छ।

">