एजेन्सी। पपस्टार रिहानाले गरेको एक ट्वीटले अहिले भारतमा तरंग ल्याएको छ।
रिहानाले भारतमा चलिरहेको किसान आन्दोलनको पक्षमा ट्वीट गरेपछि भारतमा उनको पक्ष र विपक्षमा धेरै जना उत्रेका छन्। यसरी उत्रनेमा खेलाडीदेखि वलिउड नायक/नायिकासम्म छन्।
ट्वीटरमा भारतमा भइरहेको किसान आन्दोलनका विषयमा सीएनएनको समाचार सेयर गर्दै रिहानाले लेखेकिछन्,- “हामी यस (किसान आन्दोलन) बारेमा कुराकानी किन गरिरहेका छैनौं?”
उक्त ट्वीटमा उनले ह्यसट्याग फार्मर्स प्रोटेस्ट पनि राखेकी छन्। रिहानाले गरेको ट्वीटमा यो समाचार तयार पार्दासम्म ७० हजार छ सयभन्दा बढीले ‘कमेन्ट’ गरेका छन् भने चार लाख ६७ हजार भन्दाबढीले लाइक गरेका छन्। यस्तै उक्त ट्वीटलाई दुई लाख १४ हजार चार सय भन्दा बढीले रिट्वीट गरेका छन्। रिआनाको ट्वीटरमा १० करोड १० लाख फलोअर्स रहेका छन्।
एक महिनाभन्दा बढी समयदेखि भारतमा किसानहरू आन्दोलनरत छन्। भारत सरकारले ल्याएको तीनवटा कृषि कानुनले कृषकको हित नगर्ने जनाउँदै उनीहरूले आन्दोलन गरिरहेका छन्। यो अवधिमा भारतीय मिडियाले कृषकको आन्दोलनलाई खासै स्थान दिएका थिनन्। रिहानाले हिजो ट्वीट गरेपछि भने भारतीय मिडिया कृषक आन्दोलन र रिहानामय भएका छन्।
रिहानाको ट्वीटमा सकारात्मक र नकारात्मक दुवैथरी प्रतिक्रिया आएका छन्। कसैले उनको प्रशंसा गरेका छन् त कसैले आलोचना। किसान एकता मोर्चाले आफ्नो ट्वीटर ह्याण्डलबाट रिहानालाई धन्यवाद दिएको छ। “धन्यवाद रिहाना, किसानको आन्दोलनप्रति चिन्ता व्यक्त गरेकोमा। सारा संसारले देख्न सक्छ तर सरकार किन देख्न सक्दैन?”, मोर्चाले भनेको छ।
बलिउड नायिका कंगनाले ट्वीटर मार्फत रिहानालाई तिखो प्रहार गरेकी छन्। उनले रिहानालाई मूर्ख समेत बताएकी छन्। “कोही यसबारेमा यस कारण कुरा गरिरहेका छैनन्। किनकी उनीहरू किसान होइनन्। आतंकवादी हुन्। जो भारतलाई विभाजन गर्ने प्रयास गरिरहेका छन्। ताकि चीनले हाम्रो देशमा कब्जा जमाउन सकोस् र अमेरिकालाई जसरी चीनले उपनिवेश बनाओस्। शान्तिसँग बस वेकुफ। हामी तिमीहरू जस्तो मुर्ख छैनौं। जो आफ्नौ देशलाई बेच्छन्,” कंगनाले भनेकी छन्।
भारतीय जनता पार्टीका नेता मनोज तिवारीले पनि रिहानालाई ट्याग गर्दै ट्वीट गरेका छन्। कार्टुनिस्ट मंजूलले पनि रिहानाको ट्वीटमा प्रतिक्रिया जनाएका छन्।
“सेलीब्रेटीले सोधिन् मानिस किन किसान आन्दोलनका विषयमा कुराकानी गरिरहेका छैनन्। मानिस तुरुन्त कुराकानी गर्न थाले....सेलिब्रेटीको बारेमा,” मंजूलले लेखेका छन्।
रिहानाले ट्वीट गरेकोमा बलिउड गायक तथा नायक दिलजीत दोसाँझले खुसी व्यक्त गरेका छन्। उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा रिहानाको तस्बिर राखेका छन्।
" /> एजेन्सी। पपस्टार रिहानाले गरेको एक ट्वीटले अहिले भारतमा तरंग ल्याएको छ।रिहानाले भारतमा चलिरहेको किसान आन्दोलनको पक्षमा ट्वीट गरेपछि भारतमा उनको पक्ष र विपक्षमा धेरै जना उत्रेका छन्। यसरी उत्रनेमा खेलाडीदेखि वलिउड नायक/नायिकासम्म छन्।

">