काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गरेको बताएका छन्।
न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न सुर्खेत पुगेका न्यायाधीश कार्कीले आज सञ्चारकर्मीसँगको छलफलमा यस्तो धारणा राखेका हुन्।
“पछिल्लो समय मुद्दाको विषयमा सडकमा नारा जुलुस हुने गरेको छ। यसले न्यायाधीशमा त्रासको वातावरण सिर्जना गर्छ। अदालतले सडक बाहिर नभई प्राप्त मिसिल र कानुन हेरेर फैसला गर्नुपर्ने हुन्छ,” उनले भने।
न्यायाधीश कार्कीले मुद्दा परिसकेपछि सडकमा नारा जुलुस गर्नुभन्दा अनुसन्धान प्रक्रियामा राज्यका निकायलाई सहयोग गर्न सरोकारवालालाई सुझाव दिए।
कार्यक्रममा सञ्चारकर्मीले विपन्नलाई न्याय पाउन मुस्किल रहेको, न्यायालयमा कानुन व्यवसायी र कर्मचारीको माध्यमबाट बिचौलिया हाबी भएकाले यस्ता विकृति सुधार ल्याउन नसके अदालतप्रति जनविश्वास घट्ने सुझाव दिए ।
सर्वोच्च अदालतले यही साउन ३० गते वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा न्याय क्षेत्र सुधारसम्बन्धी प्रतिवेदन तयार गर्न समिति गठन गरेको थियो । समितिमा सर्वोच्चकै न्यायाधीश प्रकाशमानसिं राउत, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एकाइका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलगायत सदस्य छन्।
रासस
" /> काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गरेको बताएका छन्।न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न सुर्खेत पुगेका न्यायाधीश कार्कीले आज सञ्चारकर्मीसँगको छलफलमा यस्तो धारणा राखेका हुन्।

">