कैलाली। एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन्।
जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका-७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका-७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन्।
बिओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले संयुक्तरूपमा उद्घाटन गरे।
बिओपी कालाकुण्डाको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र टीकापुर नगरपालिका-७ का वडाध्यक्ष रामलाल डगौरा थारुले संयुक्तरूपमा उद्घाटन गरे।
सो अवसरमा नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य, जनताको सेवा र सुरक्षाको खातिर ठूलो जिम्मेवारी आएको बताए। जिल्लामा योसँगै बिओपीको सङ्ख्या १४ वटा पुगेको बताइएको छ।
रासस
" /> कैलाली। एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन्।जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका-७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका-७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन्।

">