तीन जना मृत्त अवस्थामा फेला

काठमाडौं। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ एक्ले भीरमा ७४ वर्षीय काशी थामी मृत अवस्थामा फेला परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्‍ने ५० वर्षीया हेमकुमारी चौहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।

सर्लाहीको कबिलासी नगरपालिका-६ मदनपुरस्थित बिर्ता पोखरी नजिकै खेतमा नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।