काबुल। अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ। प्रहरीका अनुसार बम आक्रमणबाट कम्तीमा दुईजनाको मृत्यु भएको छ। उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो।
प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो बिस्फोटमा दुईजनाको मृत्यु भएको र अरू दुईजना घाइते भएको जानकारी दिए। अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुईजना सुरक्षाकर्मी घाइते भएको पनि उनले बताए।
तेस्रो विस्फोटबाट कुनै क्षति भए-नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए।
हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरू नियमितझैं हुने गरेका छन्, तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन। सरकारले यी आक्रमणहट्ट अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ।
यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहर नजिक सुरक्षाकर्मीसँगको भीडन्तमा चार सुरक्षाकर्मी र तीनजना विद्रोही लडाकूहरू मारिएका छन्।
प्रान्तीय परिषदका प्रवक्ता फउजिया जवाद याफतालीले जाखिल खामदानमा रहेको सेनाको जाँच चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भीडन्त भएको जानकारी दिए। उनले भीडन्तमा चार सैनिक र तीन विद्रोही लडाकूको ज्यान गएको पनि बताए। उक्त घटानामा दुई सैनिक र तीनजना विद्रोही घाइते भएका छन्।
अफगानिस्तानमा युद्धरत तालिबान र अफगान सरकारबीच कतारको दोहामा गत सेप्टेम्बरदेखि प्रत्यक्ष वार्ता जारी छ, तर प्रगति निकै सुस्त छ।
अमेरिकामा गत जनवरी २० मा आएको राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले गत वर्ष तालिबानसँग अमेरिकाले गरेको शान्ति सम्झौताको समीक्षा गर्ने बताएको छ। अफगानिस्तानमा पछिल्लो समय जारी हिंसाप्रति अमेरिकी प्रशासनले निन्दा एवं भर्त्सना गरिरहेको छ।
रासस-एएफपी
" /> काबुल। अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ। प्रहरीका अनुसार बम आक्रमणबाट कम्तीमा दुईजनाको मृत्यु भएको छ। उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो।प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो बिस्फोटमा दुईजनाको मृत्यु भएको र अरू दुईजना घाइते भएको जानकारी दिए। अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुईजना सुरक्षाकर्मी घाइते भएको पनि उनले बताए।

">