काठमाडौं। झापामा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३२ वर्षीय सागर मिश्र रहेका छन्। उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ घ १५२० नम्बरको बसले बिर्तामोड नगरपालिका-१ को पश्चिम बस स्टेशनमा आज दिउँसा अन्दाजी २:४० बजे बाटो काट्दै गर्दा ठक्कर दिएको हो।
बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि विर्तासिटी हस्पिटल पुर्याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
मृतक मिश्र बिर्तामोड नगरपालिका-६ बुट्टाबारीका हुन्।
अनुसन्धानको क्रममा उनी मागी खाने व्यक्ति हुन्। प्रहरीले ठक्कर दिने बस र त्यसको चालक ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान थालेको छ।
" /> काठमाडौं। झापामा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा ३२ वर्षीय सागर मिश्र रहेका छन्। उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ घ १५२० नम्बरको बसले बिर्तामोड नगरपालिका-१ को पश्चिम बस स्टेशनमा आज दिउँसा अन्दाजी २:४० बजे बाटो काट्दै गर्दा ठक्कर दिएको हो।

">