काठमाडौं। बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
बर्दिया, बारबर्दिया नगरपालिका-६ मानपुर चोकस्थित सडकमा भे.४ प ३५८३ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश०२-००३ प २६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेश०२-००३ प २६४६ नम्बरको मोटरसाइकलका चालक कैलाली लम्कीचुवा नगरपालिका-९ का धुर्ष महताको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका धुर्षको प्राथमिक स्वास्थ्य केन्द्र जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।
धनुषाको विदेह नगरपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ मैनाथपुरका २० वर्षीय सुबिन मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
सर्लाहीको कौडेना गाउँपालिका-२ स्थित सडकमा ज.१ त ४६८३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक २७ वर्षीय बिबेक यादवको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी सर्लाही, मलंगवा नगरपालिका-९ स्थित सडकमा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट पैदलयात्री मलंगवा नगरपालिका-९ डेरा गरी बस्ने भारत सितामढी घर भएकी ५५ वर्षीया मणि देवीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी मणि देवीको नेशनल मेडिकल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापा, शिवसताक्षी नगरपालिका-१ लामाबस्तीस्थित सडकमा मे.१ ज १५२८ नम्बरको पिकअप भ्यानले मे.६ प ५०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३० वर्षीय राजकुमार खेमदेन लिम्बुको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २२ वर्षीय शिशिर खत्रीको स्थानीय अंशु मेडिकलमा उपचार भईरहेको छ । पिकअप भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गौरादह नगरपालिका-४ मझुवास्थित सडकमा मे.१० प ११६७ नम्बरको मोटरसाइकल र मे.४ प २२७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मे.१० प ११६७ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका-५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मे.४ प २२७२ नम्बरको मोटरसाइकलमा सवार चालकसहित दुई जनाको उपचार भईरहेको छ।
नुवाकोटको बिदुर नगरपालिका-१ ढुङ्गेस्थित सडकमा ग.१ ख ८८५८ नम्बरको बसको ठक्करबाट पैदलयात्री १९ वर्षीय दिनेश तामाङको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका दिनेशको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
" /> काठमाडौं। बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका धुर्षको प्राथमिक स्वास्थ्य केन्द्र जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

">