काठमाडौं। नेपाली सेनाको युद्ध कवज गण सीतापाइलाले गएराति सडकमा बख्तरबन्द गाडीहरू निकालेपछि मानिसहरूको मनमा चिसो पस्यो।
कतिपयले मुलुकमा अस्थिर राजनीति भएको बेला कतै नेपाली सेनाबाट केही त हुन खोज्दै छैन? भन्ने ढङ्गले बुझे।
किनभने, दक्षिण पूर्वी एसियाको एउटा मुलुक म्यानमार (बर्मा) मा आइतबार मात्रै त्यहाँको सेनाले फेरि प्रजातन्त्र हत्याउँदै शासन हातमा लिएको ताजा दृष्टान्त छ।
त्यसले गर्दा पनि मानिसहरूको त्यो बुझाइ अस्वाभाविक होइन।
तर, नेपाली सेनाले बख्तरबन्द गाडी सडकमा गुडाउँदा अस्वाभाविक मान्न नहुने जनाएको छ। सेनाको युद्ध कवज गण सीतापाइलाको नियमित अभ्यासको रूपमा बुझ्न सेनाले आग्रह गरेको छ।
यस्तो छ, नेपाली सेनाको प्रवक्ता सन्तोषबल्लभ पौडेलले गरेको ट्वीट।
नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति बख्तरवन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको थियो । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरवन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौं।
नेपाली सेनाको प्रवक्ताको ट्वीट सार्वजनिक भएपनि मानिसहरूले शंका गरिरहेका छन्। त्यसैले प्रवक्ता पौडेलबाट चार प्रश्नमा थप जवाफ लिइएको छ।
नेपाली सेनाको बख्तरबन्द गाडीहरू राति सडकमा गुडेको देखियो, किन?
त्यो नियमति अभ्यास हो। हरेक साता दुई दिन जति हुन्छ। बिहान ५ बजे सीतापाइलाबाट चोभार जाने फर्किने हुन्छ। र, ६ बजेभन्दा पहिले नै फर्किने गर्छ।
बख्तरबन्द गाडीहरू रातको समय र बिहान गुडाउनु पर्ने हुन्छ। जुन समयमा ट्राफिक हुँदैनन्। सडक खाली हुन्छ। फेरि, चक्रपथको सकड राम्रो छ। अरू ठाउँमा सडक त्यति राम्रो छैन। त्यही भएर त्यस क्षेत्रमा राति गुडाइएको हो।
मनोवैज्ञानिक रूपमा मानिसहरूमा त्रास देखियो नि?
त्रासमा रहनुको आवश्यकता छैन। हामीले नागरिकलाई त्यस्तो त्रास वा भ्रम नहोस् भनेर ट्वीट गरेर हाम्रो नियमित अभ्यास हो भनेका छौं। त्यो हाम्रो नितान्त ‘रूटिन’ अनुसार हो।
फेरि, यहीबेला मुलुकको राजनीति अस्थिर छ। उता म्यानमारमा सैनिक शासन लागू भएको छ, कतै म्यानमारमा जस्तो पूर्वतयारी त होइन भन्ने ढंगले मानिसहरूको बुझाइ रह्यो नि ?
त्यसरी बुझ्नु भएन। त्यो हाम्रो अभ्यास नितान्त अभ्यास मात्रै हो।
नेपाली सेनाको कुन निकायले बख्तरबन्द गाडी गुडाएको हो?
युद्ध कवज गणले हो। काठमाडौंको सीतापाइलामा छ। बख्तरबन्द गाडीहरूलाई चालकहरूले सातामा दुई पटक जति कुदाउनुपर्छ। कुदाउने गर्छन्।
यसभन्दा अगाडि गुडाएको विषयमा ‘नोट’ गरिन्न थियो। तपाईहरूले सेनाको युद्ध कवज गणले गर्ने पहिलेदेखि गर्दै आएको नियमित अभ्यासको रूपमा नागरिकलाई थाहा दिनुपर्छ।
" /> काठमाडौं। नेपाली सेनाको युद्ध कवज गण सीतापाइलाले गएराति सडकमा बख्तरबन्द गाडीहरू निकालेपछि मानिसहरूको मनमा चिसो पस्यो।किनभने, दक्षिण पूर्वी एसियाको एउटा मुलुक म्यानमार (बर्मा) मा आइतबार मात्रै त्यहाँको सेनाले फेरि प्रजातन्त्र हत्याउँदै शासन हातमा लिएको ताजा दृष्टान्त छ।

">