सुनसरी। धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शैय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास समेत गरे । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कूल जग्गामध्ये दुई बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो ।
प्रदेश १ का जनतालाई सरुवा रोगसम्बन्धी विशिष्टकृत उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण हुन लागेको बिपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
कोरोनाको महामारीपछि संघीय सरकारले नीतिगतरूपमा नै प्रत्येक प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो ।
सोहीअनुसार प्रतिष्ठानको ४४औँ सिनेट बैठकले सरुवा रोग अस्पताल बनाउन सुन्दरहरैचास्थित आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
अस्पताल बनाउन संघीय सरकारले बजेट उपलब्ध गराउनेछ भने प्रदेश सरकारले निर्माण गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.रेग्मीले जानकारी दिए । शिलान्यास कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी, सामाजिक विकासमन्त्री हिक्कमत कार्कीलगायतको उपस्थिति थियो ।
निर्माण सम्पन्नपछि प्रदेश सरकार र प्रतिष्ठानको संयुक्त प्राविधिक टिमले सञ्चालन र व्यवस्थापन गर्ने छ । यसबारेमा सोमबार नै प्रदेश सरकार र प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सहमतिपत्रमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र प्रतिष्ठानका रजिष्ट्रार प्रा डा.रेग्मीले हस्ताक्षर गरे । संघीय सरकारले आठ करोड रूपैयाँ बजेट अस्पताल निर्माणका लागि निकासा गरिसकेको छ । सरकारले सातै प्रदेशमा ५० शैय्याको अस्पतालको खाका तयार गरिसकेको छ ।
" /> सुनसरी। धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शैय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास समेत गरे । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कूल जग्गामध्ये दुई बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो ।

">