तनहुँको व्यास नगरपालिकाले विभिन्न करको दायरा विस्तार एवं पुनरवलोकन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले करको दायरा र दर पुनरावलोकन गर्ने निर्णय गरेको हो ।  ">
व्यास नगरपालिकामा करको दायरा र दर पुनरावलोकन हुने
तनहुँ। तनहुँको व्यास नगरपालिकाले विभिन्न करको दायरा विस्तार एवं पुनरवलोकन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले करको दायरा र दर पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

यसका लागि मस्यौदा प्रस्ताव तयार गरी आगामी नगरसभामा पेश गर्न  आवश्यक गृहकार्य गरी यही माघ २३ गतेभित्र प्रतिवेदन पेस गर्न स्थानीय राजश्व परामर्श समितिलाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन प्रक्रिया २०७७ बमोजिम नगरपालिकामा धान प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रम सञ्चालन गर्नका लागि वडा नं ५ र ६ का जग्गा समेट्ने गरी एउटा क्लष्टर र वडा नं ७, ९ र १० का जग्गा समेट्ने गरी अर्को क्लष्टर गरी दुई क्लष्टर निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य साथ वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको संयोजकत्वमा सात सदस्यीय कृषि सहजीकरण समिति गठन गरिएको छ । बैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्