काठमाडौं। महोत्तरी, जलेश्वर नगरपालिका-३ मलिवाडाबाट लागुऔषध ४१ ट्याब्लेट नाईट्राभेटसहित धनुषाको जनकपुर उपमहानगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागुऔषधसहित फेलापारी पक्राउ गरेको हो।
बाराको महागढीमाई नगरपालिका-२ स्थित सडकबाट लागुऔषध तीन सय एम्पुल डाइजेपाम, तीन सय एम्पुल फेनारगन र तीन सय एम्पुल नुर्फिनसहित भोलाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। बिआर ०५ भी ७८०४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकल चालक यादवलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
कञ्चनपुरको बेदकोट नगरपालिका-९ बाट १४ ग्राम ४० मिलीग्राम लागुऔषध चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरेन्द्र राम लुहार र गोपाल चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले सुरेन्द्र रामको कोठा तलासी गर्दा तीन ग्राम एक सय ८० मिलीग्राम र गोपालको पसलबाट १० ग्राम आठ सय ६० मिलीग्राम गरेर उक्त लागुऔषध बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो
रौतहटको बौधिमाई नगरपालिका-७ दशगंजाबाट लागुऔषध एक हजार आठ सय एम्पुल फेनारगन र एक हजार आाठ सय एम्पुल ब्रुप्रिनोर्फिन वेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ।
" /> काठमाडौं। महोत्तरी, जलेश्वर नगरपालिका-३ मलिवाडाबाट लागुऔषध ४१ ट्याब्लेट नाईट्राभेटसहित धनुषाको जनकपुर उपमहानगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागुऔषधसहित फेलापारी पक्राउ गरेको हो।बाराको महागढीमाई नगरपालिका-२ स्थित सडकबाट लागुऔषध तीन सय एम्पुल डाइजेपाम, तीन सय एम्पुल फेनारगन र तीन सय एम्पुल नुर्फिनसहित भोलाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। बिआर ०५ भी ७८०४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकल चालक यादवलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

">