काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका-१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो। नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनी जनश्रमदानमा जुटेकी हुन्। अहिले पञ्चकुमारीसँगै गाउँका महिला-पुरुष दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन्।
“गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैं काम गर्न आउँछौं,” उनले भनिन्। पञ्चकुमारीले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि सोही बस्ती निर्माणमा दिएकी छिन्।
हाल स्थानीय युवा वीरेश तामाङको दैनिकी पनि बस्ती निर्माणमा सके जानेको काममा बितिरहेको छ। उनी भन्छिन्, “हामी सय दिनभन्दा बढी जनश्रमदानमा जुटेका धेरै छौं, सुन्दरबस्ती बनाउने योजनामा भरपुर साथ दिइरहेका छौं।”
बजेट अभावले बस्ती निर्माणमा समस्या देखिएपछि संवाद समूह काभ्रेपलाञ्चोकले यसबारे छलफल गरेको थियो। बस्ती निर्माणका लागि स्थानीयवासी ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ खर्चिएको छ। स्थानीय अगुवा रामबहादुर तामाङले सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होम-स्टेसहितको नमूना तामाङ बस्तीको परिकल्पना गरिएको बताए।
उनले संवाद समूहसँगको छलफलमा स्थानीय भूकम्पपीडितलाई आवास निर्माणका लागि कारितास नामक संस्थाले सरकारसँग सम्झौता गरी तीन वाअघि पहिलो किस्ताको ५० हजार रुपैयाँ दिएको र अन्य किस्ताका लागि समन्वय नगर्दा अहिले ऋण गरेर निर्माणलाई निरन्तरता दिनुपरेको बताइन्।

“तर एक संस्थाले पहिलो किस्ता दिएर लथालिङ्ग छाडेर हिँड्यो, तर पनि हामी अब सरकारबाट बाँकी किस्ता नआउन्जेल ऋण गरेर काम सुचारु गरेका छौं,” उनले भने। उनका अनुसार हाल ६५ लाख रुपैयाँ ऋण भइसकेको छ। लामाले भने, “बजेट आएलगत्तै ऋण तिर्दै जानेछौं।”
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका परामर्शदाता राजकुमार कुँवरले तीनधाराका भूकम्पपीडितका लागि बाँकी दुई किस्ता सरकारमार्फत दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले यही माघ महिनाभित्र दोस्रो किस्ताबापत प्रतिपरिवार एक लाख ५० हजार रुपैयाँ आउने जानकारी दिए। भूकम्पपीडित परिवारको थप किस्तासँगै नमूना बस्ती निर्माणका लागि प्राधिकरणले एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। “विनियोजित रकम सम्झौताअनुसार आउने क्रममै छ,” उनले भने।
कारितास नेपालका कार्यक्रम शाखाप्रमुख मणिन्द्र मल्लले स्थानीय भूकम्पपीडितलाई दोस्रो किस्ता दिने बेला परियोजनाको अवधि पनि सकिएकाले पुनर्निर्माण प्राधिकरणमा रीतपूर्वक कागजात पेस गरेको दाबी गरे। काभ्रेको मण्डनदेउपुर नपा-१० स्थित चण्डेनी तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होम-स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो। यसका लागि ह्याविट्याट फर ह्युम्यानिटिक नामक संस्थाले प्राविधिक सहयोग गरेको छ। हाल बस्तीका लागि छ घरको छानो लगाउने काम सकिएको छ भने चार घर छाउने तयारीमा छ। तीनकोठे एक तले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न ११ लाख रुपैयाँ लाग्ने बस्ती निर्माण समितिका अध्यक्ष आइतमान तामाङले जानकारी दिए।
उनका अनुसार नगर कार्यालयले १० लाख रुपैयाँ थप सहयोग उपलब्ध गराएको छ। “घर निर्माणको लागि आवश्यक ब्लक यही नै निर्माण गरिरहेका छौं,” उनले भने, “बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम-स्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ। नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण गर्ने योजना छ। सामुदायिक भवन निर्माणका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ।" सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिँकी, डम्फू, ढ्याङ्ग्रोलगायतका सामग्री सङ्ग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने उनले बताए।
योजना अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ। होम-स्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपिकल’ खाना खुवाइनेछ। छ घरको एक ब्लक बनाइ पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो। नमूना बस्ती निर्माणलाई समयमै सम्पन्न गर्न नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र ह्याविट्याट फर ह्युम्यानिटीका स्वयंसेवक ल्याउने तयारी भइरहेको तामाङले बताए। नमूना बस्तीका ३० घर निर्माण सम्पन्न गरेपछि सामुदायिक भवन र बगैँचा निर्माण गर्ने योजना बनाइएको छ। रासस
" /> काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका-१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो। नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनी जनश्रमदानमा जुटेकी हुन्। अहिले पञ्चकुमारीसँगै गाउँका महिला-पुरुष दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन्।“गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैं काम गर्न आउँछौं,” उनले भनिन्। पञ्चकुमारीले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि सोही बस्ती निर्माणमा दिएकी छिन्।

">