पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित मदन आश्रिम स्मृतिपार्कमा आज वृक्षरोपण गरिएको छ । पोखरा महानगरपालिकाको लगभग तीन रोपनी क्षेत्रफलको सो जग्गामा मानगोट्रीका १० वटा बिरुवा रोपिएको हो । ">
पोखरास्थित मदन-आश्रित स्मृतिपार्कमा वृक्षरोपण
पोखरा । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित मदन आश्रिम स्मृतिपार्कमा आज वृक्षरोपण गरिएको छ । पोखरा महानगरपालिकाको लगभग तीन रोपनी क्षेत्रफलको सो जग्गामा मानगोट्रीका १० वटा बिरुवा रोपिएको हो ।

स्थानीयवासीको सक्रियतामा बिरुवा रोप्ने खाल्टा खनिएको थियो भने आवश्यक पर्ने बिरुवा सोही स्थानमा निर्माण गरिएको नेपाल बञ्जीले उपलब्ध गराएको थियो ।

स्थानीय मदन आश्रित टोल विकास संस्थाद्वारा आयोजित सो कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वृक्षरोपण गर्दै वडाको खानेपानी, शिक्षा, सडक स्वास्थ्य र विद्युतीकरणमा जोड दिँदै आएको बताए ।

निर्वाचित जनप्रतिनिधिको साढे तीन वर्षको अवधिमा वडाभित्र ४६ किलोमिटर खानेपानीको पाइप विस्तार तथा ५१ किलोमिटर सडक निर्माण गरिएको जानकारी दिँदै उनले विकास निर्माणमा स्थानीय बासिन्दासहित तीनै तहका सरकारको साथ र सहयोगको आवश्यकता औँल्याए ।

महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले वडामा तिब्ररुपमा बढेको बस्ति विस्तारसँगै सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी समानुपातिक विकासमा जोड दिँदै आएको बताइन् ।

महिला सशक्तीकरणका लागि उपमेयरसँग महिला कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै उनले यस कार्यक्रमबाट द्वन्द्वपीडित एवं एकल तथा विपन्न महिलाको उत्थानका लागि विभिन्न रोजगारीमूलक कार्यक्रम अघि बढाएको जानकारी दिइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गानाले मदन–आश्रित स्मृति पार्कको विकाससँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पार्कमा आवश्यक पूर्वाधार निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

टोल विकास संस्थाका अध्यक्ष जाङ्मु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्णध्वज थकाली, सचिव मुना श्रेष्ठ र कोषाध्यक्ष तारादेवी सुवेदीलगायतले महानगरको सुगम स्थानमा भए पनि यस क्षेत्रका बासिन्दा खानेपानी, सडक र विद्युत्जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित रहेकोमा दुःख व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्