भारतीय विदेश मन्त्रालयले भन्यो- म्यानमार घटनालाई चासोपूर्वक हेरेका छौं

काठमाडौं। भारतीय विदेश मन्त्रालयले म्यानमारमा भएको सैनिक ‘कु’ लाई चासोपूर्वक हेरिरहेको बताएको छ ।

भारतले म्यानमारको प्रजातान्त्रिक संक्रमणको प्रक्रियालाई सधैं समर्थन गर्न दृढ रहेको समेत जनाएको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘हामी म्यानमारमा विकसित घटनाहरुलाई चासोपूर्वक नियालिरहेका छौं । भारत सधैं प्रजातान्त्रिक संक्रमणको प्रक्रियालाई समर्थन गर्न दृढ छ ।’

म्यानमारको सेनाले त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीसहित नेशनल लिग फर डेमोक्रेसीका नेताहरुलाई पक्राउ गरेर सैनिक शासन लागू गरेको छ ।

त्यहाँको सेनाले सैनिक शासन लागू गर्दैै एक वर्ष संकटकाल लगाएको छ । म्यानमारमा सेनाले गरेको ‘कु’ को विश्वका विभिन्न देशबाट विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्