म्यानमारमा सैनिक ‘कू’, सेनाद्वारा एक वर्ष संकटकाल घोषणा

काठमाडौं। दक्षिण पूर्वी एसियाको देश म्यानमारमा सेनाले सैनिक ‘कू’ गर्दै सत्ता हातमा लिएको छ।

गत नोभेम्बरमा भएको निर्वाचनमा बहुमत पाएको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीसहित जननिर्वाचित सरकारलाई नियन्त्रणमा लिएर सेनाले सत्ता हातमा लिएको हो।

नेत्री आङ सान सूची लगायतका नेताहरूलाई पक्राउ गरेको केही घण्टापछि सेनाले सत्ता हातमा लिएको जानकारी दिएको हो। नागरिक सरकार र सेनाबीच गत नोभेम्बरमा भएको चुनावलाई लिएर विवाद उत्पन्न भएको थियो।

सेनाको टेलिभिजनले एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ। शासन सत्ता हातमा लिएका सेना प्रमुख मिन ओङ ह्लाइङले सन् २०१७ को डिसेम्बरमा नेपाल भ्रमण गरेका थिए।

सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म म्यानमारमा सेनाको शासन थियो। नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलोपटक सोमवार (आज) बस्ने योजना थियो। सेनाले सो बैठक स्थगित गर्न माग गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्