जेरूसेलम। भ्रष्टाचार आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा माग्दै सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रयोग गरी हटाएको छ।
प्रधानमन्त्रीको राजीनामा माग्दै अघि बढेका केही आन्दोलनकारीले निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेको, प्रहरीमाथि पथ्थरले आक्रमण गर्दै दुर्व्यवहार गरेपछि बल प्रयोग गरिएको प्रहरीले पुष्टि गरेको छ।
करिब १० डिग्री सेल्सियसको तापक्रम रहेको चिसो रातिमा दशौँ हजारको सङ्ख्यामा सहभागी आन्दोलनकारीले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शनमा सहभागिता जनाएपछि उनीहरूलाई मैदानबाट हटाउन प्रहरीले पानीको फोहरा प्रयोग गरेको बताइएको छ।
जेरूसेलममा विगत सात महिनादेखि हरेक शनिबार नेतन्याहुविरुद्धको आन्दोलन हुँदै आएको छ। झडपपछि आन्दोलनमा सहभागी कैयौँ प्रदर्शनकारीलाई प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको छ भने सुरक्षा अधिकारीसमेत केही व्यक्ति घाइते भएका छन्।
सरकारले संसद्मा विश्वासको मत पुष्टि गर्न नसकेपछि आगामी मार्च २३ मा निर्वाचनको मिति तय गरिएको भएपनि प्रदर्शनकारीहरूले प्रधानमन्त्री नेतन्याहमाथि तीन गम्भीर भ्रष्टाचारका मुद्दा लागेको, कोरोना भाइरसको महामारीका समय राज्यका तर्फबाट कुशल व्यवस्थापन गर्न नसकेको, महामारी नियन्त्रण गर्ने क्रममा सरकारले अख्तियार गरेको नीतिका कारण बेरोजगार दर दुई अङ्कले वृद्धि भएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्न असक्षम रहेको दाबी आन्दोलनकारी समूहको छ। रासस/एपी
" /> जेरूसेलम। भ्रष्टाचार आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा माग्दै सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रयोग गरी हटाएको छ।प्रधानमन्त्रीको राजीनामा माग्दै अघि बढेका केही आन्दोलनकारीले निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेको, प्रहरीमाथि पथ्थरले आक्रमण गर्दै दुर्व्यवहार गरेपछि बल प्रयोग गरिएको प्रहरीले पुष्टि गरेको छ।

">