काठमाडौं। दुई वर्ष अघि ग्याँस हिटर लिक भई आगलागीमा परेर निधन भएका इन्जिनियरद्वय पुष्करराज जोशी र अप्सरा श्रेष्ठको छोरालाई आर्थिक सहयोग गरिएको छ।
नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेश प्रथम कार्यकारिणी समितिले नावालक छोरा प्रयान जोशीलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो।
एसोसिएसनको सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर लवप्रसाद जोशीले ५१ हजार रूपैयाँको चेक प्रयानलाई हस्तान्तरण गरेका हुन्। सामाजिक दायित्वअन्तर्गत आफुहरूले सहयोग गरेको एसोसिएसनका कोषाध्यक्ष इन्जिनियर नविनराज जोशीले बताए।
२०७५ पुस ७ गतेको साँझ आफ्नै निवासमा ग्याँस हिटर लिक भई आगलागी हुँदा इन्जिनियर दम्पत्तिको ज्यान गएका थिए भने साढे तीन वर्षीय छोरा प्रयानसमेत घाइते भएका थिए।
" /> काठमाडौं। दुई वर्ष अघि ग्याँस हिटर लिक भई आगलागीमा परेर निधन भएका इन्जिनियरद्वय पुष्करराज जोशी र अप्सरा श्रेष्ठको छोरालाई आर्थिक सहयोग गरिएको छ।नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेश प्रथम कार्यकारिणी समितिले नावालक छोरा प्रयान जोशीलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो।

">