दुर्घटनामा पैदल यात्रीको मृत्यु
<p>सप्तरी। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्‍चनरूप नगरपालिकामा दुर्घटनामा परी एक पैदल यात्रीको आज मृत्यु भएको छ । </p>
<p>मृत्यु हुनेमा पैदल यात्री हनुमाननगर कङ्कालिनी नगरपालिका-१२ बस्‍ने ३६ वर्षीय इसराफिल अली रहेको इलाका प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।</p>
<p>स १ ह ८३८ नंको अटो रिक्साले अलीलाई ठक्कर दिएको थियो । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ । </p>
प्रतिक्रिया दिनुहोस्
