डडेल्धुरा। बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन्। पकाउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका-१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी हुन्।
उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका-६ तोलीस्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
डडेल्धुरा प्रहरीकाअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी डडेल्धुराको संयुक्त टोलीले जाँच गर्दा निजको साथबाट भालुको पित्त, ठूलो बाघको छाला एक थान, सानो बाघको छाला एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।
" /> डडेल्धुरा। बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन्। पकाउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका-१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी हुन्।उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका-६ तोलीस्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

">