काठमाडौं। भक्तपुरको कमलविनायकमा डेरा गरी अध्ययन गरी बस्दै आएकी १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षीय विकास तजले रहेका छन्। उनलाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको हो।
पक्राउपछि प्रहरीले आज जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएर बलात्कारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले तजले शुक्रबार नै पक्राउ परेको बताए।
प्रारम्भिक अनुसन्धानको क्रममा डेरा कोठामा एक्लै भएको मौका पारी सामान्य चिनजानका विकासले डर धाक धम्की दिँदै बोल्न र कराउनसमेत नदिई महिलालाई बलात्कार गरेको खुल्न आएको डीएसपी गिरीले बताए।
" /> काठमाडौं। भक्तपुरको कमलविनायकमा डेरा गरी अध्ययन गरी बस्दै आएकी १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षीय विकास तजले रहेका छन्। उनलाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको हो।

">