काठमाडौं। पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो ।
भूकम्पले पूर्ण रूपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरस माहमारीका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन । पुनःनिर्माण सकिएको नौ महिनापछि गत कात्तिक ५ गते राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट विद्यालय उद्घाटन भएको थियो ।
कारोना संक्रमणको डरले अनलाइनको माध्यमबाट घरबाटै पठनपाठन भइरहेका छन्। एक हप्ताअघि काठमाडौं महानगरपालिकाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी भएकाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको वडा नम्बर २७ का सदस्य परिवेशमान बज्राचार्यले बताए।
निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले तीन सय १२ जना विद्यार्थी अध्ययन गरिरहेका छन्।
नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षाकोठा छन् । नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र साँस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरेको छ। यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन्।
नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अङ्ग्रेजीमाध्यममा पढाइ हुने गरेको छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो। भवनभित्र विज्ञान प्रयोगशाला, योग अभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएको छ। यो भवन पुनःनिर्माण गर्न ८५ करोड ५९ लाख खर्च भएको छ।
तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो ।
रासस
" /> काठमाडौं। पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो ।भूकम्पले पूर्ण रूपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरस माहमारीका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन । पुनःनिर्माण सकिएको नौ महिनापछि गत कात्तिक ५ गते राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट विद्यालय उद्घाटन भएको थियो ।

">