पाँचथर। लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे (रेड पान्डा) संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ ले विभिन्न संघसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ ।

हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो । हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रे विषयमा अध्ययन हुँदै आएको रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।

कक्षा ६ र ७ मा पठनपाठन सुरूआत गरिएको हो । विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उनले बताए ।

ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

सेंवा उच्च मावि, महेन्द्र आधारभूत विद्यालय, स्वस्वती उच्च माध्यमिक विद्यालय फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका–११ मयेम माध्यमिक विद्यालय र कञ्चजङ्घा उच्च माध्यमिक, यामफुदिन लक्ष्मी माध्यमिक विद्यालय मामखे शिद्धकुमारी आधारभूत विद्यालय गरी ताप्लेजुङमा सात विद्यालयमा २४३ विद्यार्थीले रातो हाब्रेको संरक्षण र महत्वसम्बन्धी अध्ययन गरिरहेका जनाइएको छ ।

इलामको माईजोगमाई गाउँपालिकाको ज्ञानोदय मावि र प्याङ मावि, सन्दकपुर गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय, प्रमोद मावि, श्याम्बल मावि र चन्द्रोदय मावि तथा इलाम नगरपालिकाको वाल्मीकि आधारभूत विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइ हुँदै आएको छ ।

कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको छ ।

कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानून, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका रहेका छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपाण्डा नेटवर्कले जनाएको छ । यसले हाब्रेको संरक्षणमा सहयोग पुग्ने सरोकारहरुको विश्वास छ ।

लोपोन्मुख रातो हाब्रेको संरक्षण विसं २०६३ देखि हुन थालेको हो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब दुई सयको हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले रातो हाब्रे संरक्षण गर्दै आएका छन् ।

रातो हाब्रे उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्ने गर्दछ । विशेषगरी बाँसका पात र तामा खाने गर्दछ ।  शारीरिकरूपमा यो घरेलु बिरालोजस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ ।

रातो हाब्रे नेपाल, चीन, बर्मा, भूटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको  मञ्चका सचिव विवश केदेमले जानकारी दिए । दुई हजार पाँच सयको हाराहारीमा रातो हाब्रे रहेको अनुमान रहेको उनले बताए ।

एक हजार आठ सय देखि चार हजार आठ सय मिटर उचाइका क्षेत्रमा पाइने गर्छ ।खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रमा बासोवास गर्ने गर्दछ ।

हाब्रेको शरीर करिब एक मिटरसम्म लामो हुन्छ । यसको पुच्छर धेरै लामो हुन्छ  । यसको लम्बाइ ६० सेन्टिमिटरसम्म  हुने गर्दछ । भाले हाब्रे पोथीभन्दा केही ठूलो हुन्छ, भालेको तौल छ किलोसम्म हुन्छ भने पोथीको तौल साढे चार किलोसम्मको हुन्छन् । यसको शरीरको माथिल्लो भागमा रातो खैरो रङ लामा रौहरूले ढाकेको हुन्छ भने शरीरको तल्लो भुँडीपट्टिको भागमा काला रौले ढाकिएको हुन्छ । अनुहारमा भने सेतो रङ हुन्छ, आँखाको छेउछाउमा आँशुले भिजेको जस्तो कालो रौ हुन्छन् । पुच्छर लामो, झ्याङ्गिएको हुन्छ, जसमा पहेँलो, रातो रङका छवटा ब्याण्डहरू हुन गर्दछ  । हिउँ जमेको चिसोबाट बचाउनका लागि पाइतालामा बाक्ला रौहरू हुन्छन् ।

रातो हाब्रे प्रायः रूखमा चढेर बस्ने गर्छ । एक रूखबाट अर्कोमा उफ्रेर जान सजिलै सक्छ । शत्रुबाट बच्नका लागि यो छिटो दौडन सक्छ । हाब्रेका मुख्य शत्रु भनेकै मानिस र हिउँ चितुवा हो । हाब्रेहरू खासगरी आफ्नो निश्चित आधार क्षेत्रमा समूहमा बस्ने गर्छन् ।

कहिलेकाहीँ एक्लै, कहिलेकाहीँ जोडी बनाएर र कहिलेकाहीँ परिवारमा समेत बस्ने गर्छन् । खासगरी यो जीव राति खाना खोज्न निस्कने गर्छ । यसले प्रायः निगालो, बाँस खाने गर्दछ । यसले एक दिनमा करिब दुई लाख बाँसका पात खान सक्ने अध्ययनले देखाएको छ । हाब्रे कस्तुरीको जस्तो गन्ध निकाल्ने गर्छ, जसबाट उसले आफ्ना साथी र आफ्नो आधार क्षेत्रको पहिचान र रक्षा गर्ने गर्छ ।

रातो हाब्रेले वर्षमा एकचोटि मात्रै बच्चा जन्माउने गर्छ । खासगरी डिसेम्बरदेखि मध्यफेब्रुअरी महिना नै हाब्रेले बच्चा जन्माउने मुख्य समय हो । करिब डेढ सय दिनको गर्भावस्थापछि पोथीले एकदेखि चारसम्म बच्चा जन्माउने गर्छ । जुन शिशु अन्धो हुन्छ र आँखा पूर्णत विकास भइसकेका हुँदैनन् ।

बच्चा जन्माउनुभन्दा केही दिनअघि हाब्रेले सुकेको घाँस, काठलगायतका वस्तु जम्मा गरेर रूखको प्वालमा गुँड बनाउने गर्छ । करिब एक महिनापछि मात्रै शिशु हाब्रेका आँखा पूर्णतः विकसित हुन्छन् । करिब बाह्र हप्ताको गुँड बसाइँपछि बच्चा हाब्रे बाहिर निस्किन्छ र आमासँगै हिँड्न थाल्छ । बच्चाले आठ महिनासम्म आमाको दूध खाने गर्छ । करिब १८ महिनापछि बच्चा हाब्रे प्रजननका लागि सक्षम बन्छ । हाब्रेको औषत आयु आठदेखि दश वर्षसम्म रहने गर्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो हाब्रेलाई सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ । विभिन्न्न कारणले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ ।

यसको प्राकृतिक बासस्थान निरन्तरको विनाश, निगालो र बाँसजन्य जङ्गल अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरीशिकारी, डढेलोलगायतका कारण हाब्रेका लागि चुनौती बनिरहेका छन् ।

तीव्ररूपमा भइरहेको वनजङ्गलको विनाश र अवैध चोरी–शिकारीको कारणले गर्दा हाब्रे सङ्कटमा परिरहेको छ । हाब्रेको शिकार निषेधित भए पनि तस्करले यसको लुकिछिपी शिकार गर्ने गर्छन् ।

हाब्रेको रौ र यसको रोमाञ्चक पुच्छर धेरै महत्वपूर्ण र मूल्यवान मानिन्छ । यसको पुच्छरबाट बनेको टोपी सौभाग्यको प्रतीक मान्ने संस्कार रहेको छ र त्यसलाई विवाह समारोहमा उपहार दिने चलन चीन तथा नेपालको उत्तरी भेगमा रहेको छ । नेपालले पनि हाब्रेलाई संरक्षित जीवको रूपमा सूचीकृत गरेको छ ।

सरकारको पछिल्लो सर्वेक्षणले रातो हाब्रे (रेडपाण्डा) २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेको पहिचान गरेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलोखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा हाब्रेको उपस्थिति रहेको देखिएको छ ।

दुई हजार मिटरभन्दा बढी उचाइमा पाइने हाब्रे निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो । साइटिसको अनूसूची १ र आइयुसिएनको रातो किताबमा अति सङ्कटापन्न सूचीमा सुचीकृत छ । रासस

" /> पाँचथर। लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे (रेड पान्डा) संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ ले विभिन्न संघसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ ।

"> रेड पान्डाको संरक्षण गर्न विद्यालयमा पठनपाठन: Dekhapadhi लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे (रेड पान्डा) संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ ले विभिन्न संघसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ ।
• बच्चा जन्माउनुभन्दा केही दिनअघि हाब्रेले सुकेको घाँस, काठलगायतका वस्तु जम्मा गरेर रूखको प्वालमा गुँड बनाउने गर्छ । करिब एक महिनापछि मात्रै शिशु हाब्रेका आँखा पूर्णतः विकसित हुन्छन् । करिब बाह्र हप्ताको गुँड बसाइँपछि बच्चा हाब्रे बाहिर निस्किन्छ र आमासँगै हिँड्न थाल्छ ।
• दुई हजार मिटरभन्दा बढी उचाइमा पाइने हाब्रे निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो । साइटिसको अनूसूची १ र आइयुसिएनको रातो किताबमा अति सङ्कटापन्न सूचीमा सुचीकृत छ ।

रेड पान्डाको संरक्षण गर्न विद्यालयमा पठनपाठन
पाँचथर। लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे (रेड पान्डा) संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ ले विभिन्न संघसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ ।

हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो । हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रे विषयमा अध्ययन हुँदै आएको रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।

कक्षा ६ र ७ मा पठनपाठन सुरूआत गरिएको हो । विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उनले बताए ।

ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

सेंवा उच्च मावि, महेन्द्र आधारभूत विद्यालय, स्वस्वती उच्च माध्यमिक विद्यालय फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका–११ मयेम माध्यमिक विद्यालय र कञ्चजङ्घा उच्च माध्यमिक, यामफुदिन लक्ष्मी माध्यमिक विद्यालय मामखे शिद्धकुमारी आधारभूत विद्यालय गरी ताप्लेजुङमा सात विद्यालयमा २४३ विद्यार्थीले रातो हाब्रेको संरक्षण र महत्वसम्बन्धी अध्ययन गरिरहेका जनाइएको छ ।

इलामको माईजोगमाई गाउँपालिकाको ज्ञानोदय मावि र प्याङ मावि, सन्दकपुर गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय, प्रमोद मावि, श्याम्बल मावि र चन्द्रोदय मावि तथा इलाम नगरपालिकाको वाल्मीकि आधारभूत विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइ हुँदै आएको छ ।

कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको छ ।

कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानून, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका रहेका छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपाण्डा नेटवर्कले जनाएको छ । यसले हाब्रेको संरक्षणमा सहयोग पुग्ने सरोकारहरुको विश्वास छ ।

लोपोन्मुख रातो हाब्रेको संरक्षण विसं २०६३ देखि हुन थालेको हो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब दुई सयको हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले रातो हाब्रे संरक्षण गर्दै आएका छन् ।

रातो हाब्रे उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्ने गर्दछ । विशेषगरी बाँसका पात र तामा खाने गर्दछ ।  शारीरिकरूपमा यो घरेलु बिरालोजस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ ।

रातो हाब्रे नेपाल, चीन, बर्मा, भूटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको  मञ्चका सचिव विवश केदेमले जानकारी दिए । दुई हजार पाँच सयको हाराहारीमा रातो हाब्रे रहेको अनुमान रहेको उनले बताए ।

एक हजार आठ सय देखि चार हजार आठ सय मिटर उचाइका क्षेत्रमा पाइने गर्छ ।खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रमा बासोवास गर्ने गर्दछ ।

हाब्रेको शरीर करिब एक मिटरसम्म लामो हुन्छ । यसको पुच्छर धेरै लामो हुन्छ  । यसको लम्बाइ ६० सेन्टिमिटरसम्म  हुने गर्दछ । भाले हाब्रे पोथीभन्दा केही ठूलो हुन्छ, भालेको तौल छ किलोसम्म हुन्छ भने पोथीको तौल साढे चार किलोसम्मको हुन्छन् । यसको शरीरको माथिल्लो भागमा रातो खैरो रङ लामा रौहरूले ढाकेको हुन्छ भने शरीरको तल्लो भुँडीपट्टिको भागमा काला रौले ढाकिएको हुन्छ । अनुहारमा भने सेतो रङ हुन्छ, आँखाको छेउछाउमा आँशुले भिजेको जस्तो कालो रौ हुन्छन् । पुच्छर लामो, झ्याङ्गिएको हुन्छ, जसमा पहेँलो, रातो रङका छवटा ब्याण्डहरू हुन गर्दछ  । हिउँ जमेको चिसोबाट बचाउनका लागि पाइतालामा बाक्ला रौहरू हुन्छन् ।

रातो हाब्रे प्रायः रूखमा चढेर बस्ने गर्छ । एक रूखबाट अर्कोमा उफ्रेर जान सजिलै सक्छ । शत्रुबाट बच्नका लागि यो छिटो दौडन सक्छ । हाब्रेका मुख्य शत्रु भनेकै मानिस र हिउँ चितुवा हो । हाब्रेहरू खासगरी आफ्नो निश्चित आधार क्षेत्रमा समूहमा बस्ने गर्छन् ।

कहिलेकाहीँ एक्लै, कहिलेकाहीँ जोडी बनाएर र कहिलेकाहीँ परिवारमा समेत बस्ने गर्छन् । खासगरी यो जीव राति खाना खोज्न निस्कने गर्छ । यसले प्रायः निगालो, बाँस खाने गर्दछ । यसले एक दिनमा करिब दुई लाख बाँसका पात खान सक्ने अध्ययनले देखाएको छ । हाब्रे कस्तुरीको जस्तो गन्ध निकाल्ने गर्छ, जसबाट उसले आफ्ना साथी र आफ्नो आधार क्षेत्रको पहिचान र रक्षा गर्ने गर्छ ।

रातो हाब्रेले वर्षमा एकचोटि मात्रै बच्चा जन्माउने गर्छ । खासगरी डिसेम्बरदेखि मध्यफेब्रुअरी महिना नै हाब्रेले बच्चा जन्माउने मुख्य समय हो । करिब डेढ सय दिनको गर्भावस्थापछि पोथीले एकदेखि चारसम्म बच्चा जन्माउने गर्छ । जुन शिशु अन्धो हुन्छ र आँखा पूर्णत विकास भइसकेका हुँदैनन् ।

बच्चा जन्माउनुभन्दा केही दिनअघि हाब्रेले सुकेको घाँस, काठलगायतका वस्तु जम्मा गरेर रूखको प्वालमा गुँड बनाउने गर्छ । करिब एक महिनापछि मात्रै शिशु हाब्रेका आँखा पूर्णतः विकसित हुन्छन् । करिब बाह्र हप्ताको गुँड बसाइँपछि बच्चा हाब्रे बाहिर निस्किन्छ र आमासँगै हिँड्न थाल्छ । बच्चाले आठ महिनासम्म आमाको दूध खाने गर्छ । करिब १८ महिनापछि बच्चा हाब्रे प्रजननका लागि सक्षम बन्छ । हाब्रेको औषत आयु आठदेखि दश वर्षसम्म रहने गर्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो हाब्रेलाई सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ । विभिन्न्न कारणले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ ।

यसको प्राकृतिक बासस्थान निरन्तरको विनाश, निगालो र बाँसजन्य जङ्गल अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरीशिकारी, डढेलोलगायतका कारण हाब्रेका लागि चुनौती बनिरहेका छन् ।

तीव्ररूपमा भइरहेको वनजङ्गलको विनाश र अवैध चोरी–शिकारीको कारणले गर्दा हाब्रे सङ्कटमा परिरहेको छ । हाब्रेको शिकार निषेधित भए पनि तस्करले यसको लुकिछिपी शिकार गर्ने गर्छन् ।

हाब्रेको रौ र यसको रोमाञ्चक पुच्छर धेरै महत्वपूर्ण र मूल्यवान मानिन्छ । यसको पुच्छरबाट बनेको टोपी सौभाग्यको प्रतीक मान्ने संस्कार रहेको छ र त्यसलाई विवाह समारोहमा उपहार दिने चलन चीन तथा नेपालको उत्तरी भेगमा रहेको छ । नेपालले पनि हाब्रेलाई संरक्षित जीवको रूपमा सूचीकृत गरेको छ ।

सरकारको पछिल्लो सर्वेक्षणले रातो हाब्रे (रेडपाण्डा) २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेको पहिचान गरेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलोखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा हाब्रेको उपस्थिति रहेको देखिएको छ ।

दुई हजार मिटरभन्दा बढी उचाइमा पाइने हाब्रे निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो । साइटिसको अनूसूची १ र आइयुसिएनको रातो किताबमा अति सङ्कटापन्न सूचीमा सुचीकृत छ । रासस

प्रतिक्रिया दिनुहोस्