काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा चार लाख ९० हजार संक्रमित भएका छन् ।
यो अवधिमा १२ हजार चार सय ६१ जनाको मृत्यु भएको छ । संक्रमित र मृत्यु हुनेको ठूलो संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ ।
अमेरिकामा २४ घन्टामा एक लाख ३७ हजार पाँच सय १८ जना संक्रमित भएका छन् भने दुई हजार आठ सय ८९ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि मेक्सिकोमा एक हजार चार सय ३४ जनाको मृत्यु भएको छ भने बेलायतमा एक हजार दुई सय। ब्राजीलमा एक हजार एक सय ९६ जनाले कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाएका छन् ।
विश्वमै कोरोना संक्रमितमा दोस्रो नम्बरमा रहेको भारतमा भने दैनिक संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छ । भारतमा पछिल्लो २४ घन्टामा १३ हजार ६५ जना संक्रमित भएका छन् भने एक सय २८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा रुसमा पाँच सय १२, जर्मनीमा चार सय ६०, इटालीमा चार सय २१, फ्रान्समा २ सय ४२, कोलम्बियामा तीन सय ६६, पोल्यान्डमा तीन सय तीन, दक्षिण अफ्रिकामा तीन सय १८ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
" /> काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा चार लाख ९० हजार संक्रमित भएका छन् ।अमेरिकामा २४ घन्टामा एक लाख ३७ हजार पाँच सय १८ जना संक्रमित भएका छन् भने दुई हजार आठ सय ८९ जनाको मृत्यु भएको छ ।

">