काठमाडौँ। सुरभि साहित्य प्रतिष्ठानले ‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लेखक डा. नवराज चालिसेलाई विशेष सम्मान गरेको छ।

गोकर्णेश्वर नगरपालिका-८ स्थित बेशीगाउँमा आज आयोजित कार्यक्रमबीच शिक्षा सचिव गोपीनाथ मैनालीले वि.सं. २०२१ मा मदन पुरस्कार प्राप्त गरेका वरिष्ठ अर्थशास्त्री डा. चालिसेलाई विशेष सम्मान गरेका हुन्। सोही अवसरमा सुरभि-बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारी र सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ।

यी दुवै पुरस्कारको राशि रु २०-२० हजार रहेको छ। त्यस्तै, १० हजार राशिको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र सात हजार राशिको सुरभि-प्रह्लाद नारीस्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’लाई प्रदान गरियो। त्यस्तै, पाँच हजार राशिको सुरभि-वेदमणि आख्यान वाचन पुरस्कार भने वर्षा खड्कालाई प्रदान गरियो।

कार्यक्रममा बाजुराम पौडेलेको निबन्धसङ्ग्रह छोडिएका पाइलाहरू, समिना खनाल ‘पृथा’को कथासङ्ग्रह छोरीको डायरीबाट, माधव भण्डारीको इतिवृत्त र सिर्जना तथा पवित्रा अधिकारीको कथासङ्ग्रह देह उत्सवको विमोचन पनि गरिएको थियो।

शिक्षा सचिव मैनाली, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, साहित्यकारहरू शैलेन्द्रप्रकाश नेपाल, विजय चालिसे, युवराज मैनाली, गोविन्दप्रसाद घिमिरेलगायतले स्रष्टालाई सम्मान गर्ने परम्पराले निरन्तरता दिइनुपर्ने धारणा राखेका थिए। प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार जोरपाटीस्थित बेशीगाउँमा विविध साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

रासस

" /> काठमाडौँ। सुरभि साहित्य प्रतिष्ठानले ‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लेखक डा. नवराज चालिसेलाई विशेष सम्मान गरेको छ।

गोकर्णेश्वर नगरपालिका-८ स्थित बेशीगाउँमा आज आयोजित कार्यक्रमबीच शिक्षा सचिव गोपीनाथ मैनालीले वि.सं. २०२१ मा मदन पुरस्कार प्राप्त गरेका वरिष्ठ अर्थशास्त्री डा. चालिसेलाई विशेष सम्मान गरेका हुन्। सोही अवसरमा सुरभि-बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारी र सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ।

यी दुवै पुरस्कारको राशि रु २०-२० हजार रहेको छ। त्यस्तै, १० हजार राशिको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र सात हजार राशिको सुरभि-प्रह्लाद नारीस्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’लाई प्रदान गरियो। त्यस्तै, पाँच हजार राशिको सुरभि-वेदमणि आख्यान वाचन पुरस्कार भने वर्षा खड्कालाई प्रदान गरियो।

कार्यक्रममा बाजुराम पौडेलेको निबन्धसङ्ग्रह छोडिएका पाइलाहरू, समिना खनाल ‘पृथा’को कथासङ्ग्रह छोरीको डायरीबाट, माधव भण्डारीको इतिवृत्त र सिर्जना तथा पवित्रा अधिकारीको कथासङ्ग्रह देह उत्सवको विमोचन पनि गरिएको थियो।

शिक्षा सचिव मैनाली, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, साहित्यकारहरू शैलेन्द्रप्रकाश नेपाल, विजय चालिसे, युवराज मैनाली, गोविन्दप्रसाद घिमिरेलगायतले स्रष्टालाई सम्मान गर्ने परम्पराले निरन्तरता दिइनुपर्ने धारणा राखेका थिए। प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार जोरपाटीस्थित बेशीगाउँमा विविध साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

रासस

"> ‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लेखक चालिसेलाई विशेष सम्मान: Dekhapadhi
‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लेखक चालिसेलाई विशेष सम्मान
काठमाडौँ। सुरभि साहित्य प्रतिष्ठानले ‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लेखक डा. नवराज चालिसेलाई विशेष सम्मान गरेको छ।

गोकर्णेश्वर नगरपालिका-८ स्थित बेशीगाउँमा आज आयोजित कार्यक्रमबीच शिक्षा सचिव गोपीनाथ मैनालीले वि.सं. २०२१ मा मदन पुरस्कार प्राप्त गरेका वरिष्ठ अर्थशास्त्री डा. चालिसेलाई विशेष सम्मान गरेका हुन्। सोही अवसरमा सुरभि-बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारी र सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ।

यी दुवै पुरस्कारको राशि रु २०-२० हजार रहेको छ। त्यस्तै, १० हजार राशिको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र सात हजार राशिको सुरभि-प्रह्लाद नारीस्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’लाई प्रदान गरियो। त्यस्तै, पाँच हजार राशिको सुरभि-वेदमणि आख्यान वाचन पुरस्कार भने वर्षा खड्कालाई प्रदान गरियो।

कार्यक्रममा बाजुराम पौडेलेको निबन्धसङ्ग्रह छोडिएका पाइलाहरू, समिना खनाल ‘पृथा’को कथासङ्ग्रह छोरीको डायरीबाट, माधव भण्डारीको इतिवृत्त र सिर्जना तथा पवित्रा अधिकारीको कथासङ्ग्रह देह उत्सवको विमोचन पनि गरिएको थियो।

शिक्षा सचिव मैनाली, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, साहित्यकारहरू शैलेन्द्रप्रकाश नेपाल, विजय चालिसे, युवराज मैनाली, गोविन्दप्रसाद घिमिरेलगायतले स्रष्टालाई सम्मान गर्ने परम्पराले निरन्तरता दिइनुपर्ने धारणा राखेका थिए। प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार जोरपाटीस्थित बेशीगाउँमा विविध साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्