संयुक्त राष्ट्रसंघ। अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरूका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाखजना विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कङ्गोमा विस्थापित भएका छन्।
प्रवक्ता स्टेफन डुजार्रिकले अरू १३ हजार जना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए।
“राजनीतिक विवाद र सशस्त्र द्वन्द्वका कारण मध्य अफ्रिकाका हजारौं मानिस विस्थापित भएका छन्,” नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भने।
राजनीतिक विवाद र हिंसात्मक द्वन्द्वका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन्। तीमध्ये महिला र बालबालिकाको सङ्ख्या पनि धेरै रहेको उनले बताए।
हिंसामा परेका र विस्थापित भएकाहरूलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिए। त्यसै गरी उनीहरू विस्थापित भएर गएको कंगो, चादलगायतका देशहरू पनि आफै समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उनको भनाइ छ। राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरूलाई खाने, बस्ने, लगाउनेसहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ।
रासस/सिन्ह्वा
" /> संयुक्त राष्ट्रसंघ। अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरूका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाखजना विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कङ्गोमा विस्थापित भएका छन्।प्रवक्ता स्टेफन डुजार्रिकले अरू १३ हजार जना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए।

">