जलालाबाद, अफगानिस्तान। अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिविरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन्।

तालिबान लडाकू समूहले विस्फोटन पदार्थले भरिएको गाडी उक्त शिविरभित्र लगेर विस्फोट गराएका थिए। यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन्।

प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ। सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन्।

गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरूप प्रतिबद्धता तालिबानले नगरेको पेन्टागनले भनाइ आएको दुई दिनपछि यो आक्रमण भएको छ। सो सम्झौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसा हत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहँदै आएको तालिबानको सम्बन्ध विच्छेद हुनुपर्ने शर्त रहेको थियो।

सैन्य शिविरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताएका छन्।

जलालाबाद शहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिएको छ। केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले कैयौँ घातक आक्रमणहरू गरेका छ्न्।

यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन्। तर यस विस्फेटामा परी कोही पनि हताहत भएका समाचारमा जनाइएको छैन।

रासस/एएफपी

" /> जलालाबाद, अफगानिस्तान। अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिविरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन्।

तालिबान लडाकू समूहले विस्फोटन पदार्थले भरिएको गाडी उक्त शिविरभित्र लगेर विस्फोट गराएका थिए। यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन्।

प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ। सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन्।

गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरूप प्रतिबद्धता तालिबानले नगरेको पेन्टागनले भनाइ आएको दुई दिनपछि यो आक्रमण भएको छ। सो सम्झौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसा हत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहँदै आएको तालिबानको सम्बन्ध विच्छेद हुनुपर्ने शर्त रहेको थियो।

सैन्य शिविरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताएका छन्।

जलालाबाद शहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिएको छ। केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले कैयौँ घातक आक्रमणहरू गरेका छ्न्।

यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन्। तर यस विस्फेटामा परी कोही पनि हताहत भएका समाचारमा जनाइएको छैन।

रासस/एएफपी

"> तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए: Dekhapadhi
तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए
जलालाबाद, अफगानिस्तान। अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिविरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन्।

तालिबान लडाकू समूहले विस्फोटन पदार्थले भरिएको गाडी उक्त शिविरभित्र लगेर विस्फोट गराएका थिए। यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन्।

प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ। सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन्।

गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरूप प्रतिबद्धता तालिबानले नगरेको पेन्टागनले भनाइ आएको दुई दिनपछि यो आक्रमण भएको छ। सो सम्झौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसा हत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहँदै आएको तालिबानको सम्बन्ध विच्छेद हुनुपर्ने शर्त रहेको थियो।

सैन्य शिविरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताएका छन्।

जलालाबाद शहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिएको छ। केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले कैयौँ घातक आक्रमणहरू गरेका छ्न्।

यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन्। तर यस विस्फेटामा परी कोही पनि हताहत भएका समाचारमा जनाइएको छैन।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्