काठमाडौं। कास्कीको पोखरला महानगरपालिका-१० बुद्धचोकमा ट्रकसँग मोटरसाइकल ठोक्किन पुग्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा २४ वर्षीय अनिल गुरुङ रहेका छन्। पर्वतको पैयुँ गाउँपालिकाको भोर्ले घर भएका उनी पोखरा महानगरपालिका-१० को रामबजारमा बस्दै आएका थिए।
उनी सवार ग १६ प ५३० नम्बरको मोटरसाइकल ना ५ ख १६५० नम्बरको ट्रकसँग आज बिहान ठोक्किन पुगेको थियो।
सो क्रममा उनी गम्भीर घाइते भएका थिए। पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
मोटरसाइकलमा सवार १८ वर्षीय गौतम अधिकारी घाइते भएका छन्। उनी पर्वत महाशिला गाउँपालिका-३ बालाकोटका हुन्।
उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रकका चालक र सह–चालकलाई नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। कास्कीको पोखरला महानगरपालिका-१० बुद्धचोकमा ट्रकसँग मोटरसाइकल ठोक्किन पुग्दा एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा २४ वर्षीय अनिल गुरुङ रहेका छन्। पर्वतको पैयुँ गाउँपालिकाको भोर्ले घर भएका उनी पोखरा महानगरपालिका-१० को रामबजारमा बस्दै आएका थिए।

">