काठमाडौं। फरार भएका एक जना बलात्कार घटनाका आरोपीलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ।
गत वर्षको साउनमा काभ्रेको बनेपामा एक महिलालाई बलात्कार गरी फरार भएको आरोप लागेका सुदीप दनुवार पक्राउ परेका हुन्।
उनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १३ फटकशिलाका हुन्।
दनुवारलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बाहुनेपाटिबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाएको तामाङले जानकारी दिए। काभ्रे प्रहरीले दनुवारविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दामा अनुसन्धान गर्ने भएको छ।
" /> काठमाडौं। फरार भएका एक जना बलात्कार घटनाका आरोपीलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ।गत वर्षको साउनमा काभ्रेको बनेपामा एक महिलालाई बलात्कार गरी फरार भएको आरोप लागेका सुदीप दनुवार पक्राउ परेका हुन्।

">