टीकापुर। कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरले समुदायमा शान्ति सुरक्षा कायम गर्न समुदायकै नागरिक परिचालन गर्न थालेको छ।
समुदायमा शान्ति सुरक्षा कायम गर्नका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्कुल सम्पर्क कार्यक्रम, बस्ती तथा टोल सुरक्षा समिति गठन भइरहेको छ।
यसरी गठन भएका समितिले समुदायको समस्या समाधानका लागि गस्ती गर्ने, निगरानी गर्ने र अपराधिक गतिविधिमा संलग्नलाई प्रहरीसमक्ष पुर्याउने काममा सघाउँछन्। प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बस्ती तथा टोलमा गठन गरिएका सुरक्षा समितिका कारण समुदायमा शान्ति सुरक्षा स्थापना गर्न सहयोग पुगेको नागरिकले महसुस गरेका छन्। गणेशपुर शिविरका बडघर सन्तोष घर्तीमगर आफ्नो टोलको सुरक्षा आफूहरुले नै गरिरहेको बताउँछन्।
टीकापुरकै शक्तिनगर शिविरका निवर्तमान बडघर रामलाल डगौरालाई पनि आफ्नो बस्तीमा सुरक्षा समिति गठन गर्दा समाजमा हुने अपराधिक क्रियाकलाप कम भएको महसुस भएको छ। इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत, प्रहरी निरीक्षक अरुण बम सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गठन गरिएका टोल तथा बस्ती सुरक्षा समितिका कारण बस्तीमा सुरक्षाको स्थिति मजबुत भएकाले प्रहरीलाई पनि निकै सहयोग भएको बताउँछन्।
प्रहरीले विद्यालयमा गएर माध्यामिक तहका विद्यार्थीलाई ट्राफिक नियमको पालना, लागुपदार्थ दुर्व्यसनीबाट हुने नोक्सानी, साइबर क्राइम, बालविवाहले पार्ने नकारात्मक असरका विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ। प्रहरीले उनीहरुलाई बाल यौन दुर्व्यवहार, गलत छुवाइ, विद्यालय, घर वा अन्य ठाउँमा हुने हिंसाविरुद्ध आवाज उठाउन र प्रहरीलाई खबर गर्न सिकाउन थालेको छ। रासस
" /> टीकापुर। कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरले समुदायमा शान्ति सुरक्षा कायम गर्न समुदायकै नागरिक परिचालन गर्न थालेको छ।समुदायमा शान्ति सुरक्षा कायम गर्नका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्कुल सम्पर्क कार्यक्रम, बस्ती तथा टोल सुरक्षा समिति गठन भइरहेको छ।

">