करिब दुई केजी गाँजासहित एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट १ किलो ९ सय ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ बेलहराबेसी बस्ने २३ वर्षीय कमल बिष्ट रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कमललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कमलमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप भई यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।