डोल्पा। दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ ।
दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् । सात वडा रहेको काइके गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजारको हाराहारीमा छ ।
सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा फागुन पहिलो साताभित्र सबैको घरघरमा ग्यास पुग्ने अधिकृत अधिकारीले जानकारी दिइन् । एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको उनको भनाइ छ । वनजङ्गल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।
अत्यधिक चिसो रहेको सो क्षेत्रमा दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए । उनले भने, “भारी हिउँमा दाउरा नपाइने भएकाले तत्काल खाना पकाउन सजिलो होस् भनी ग्यास खरिद गरी गाउँपालिकाले स्थानीयवासीलाई दिन लागेको छ ।”
नेपालगञ्जबाट खरिद गरी मनकामनाको ग्यास जाजरकोट हुँदै डोल्पासम्म यातायातको साधनमा ढुवानी हुन्छ भने दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गर्न लागिएको प्रवक्ता रोकायले जानकारी दिए । प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गर्न लागिएको छ ।
दुई हजार सिलिण्डर र एक हजार ५० चुलो वितरण हुन लागेको हो । गाउँपालिकाको यो कामबाट सबैभन्दा बढी महिला खुशी भएका छन् । घरायसी काममा व्यस्त हुने यहाँका महिला सधैं खाना पकाउन र बालबालिकालाई खाजा पकाउँदा हैरान हुँदै आएका थिए ।
ग्यास पाउने भए पनि आफू निकै खुशी भएको कार्यपालिका सदस्य थललक्ष्मी रोकायले जानकारी दिइन्। सडक सञ्जालसँग नजोडिएको काइकेमा खाद्यान्न ढुवानीदेखि अन्य दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा खच्चड वा मानिसले बोकेर लैजानुपर्ने बाध्यता छ ।
प्रत्येक घरलाई ढुवानी अनुदानको पिठो
डोल्पोबुद्ध गाउँपालिकाले यहाँका स्थानीयवासीलाई घरपिच्छे एक/एक क्विन्टल पिठो (मैदा) अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकामा करिब चार सय ९५ घरधुरीलाई ढुवानीमा अनुदान सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिए ।
एक क्विन्टल पिठोमा रु सात हजार अनुदान दिइएको छ । बाँकी सात हजार भने स्थानीयवासी आफैँले बेहोरेका छन् । नेपालगञ्जबाट एक क्विन्टल पिठो डोल्पोबुद्ध पुर्‍याउन १४ हजार लाग्छ ।
कोरोना महामारीका कारण स्थानीयवासीको आम्दानी गुमेपछि गाउँपालिकाले पिठोमा अनुदान दिएको उनले बताए ।  गाउँपालिकाले चालु आवमा पिठोमा अनुदान दिन ५० लाख छुट्याएको थियो । “ढुवानी खर्च धेरै महङ्गो भएकाले स्थानीय तहले सहयोग गरेको हो । यसबाट स्थानीयवासीलाई धेरै राहत भएको छ”,  अधिकृत पङ्गेनीले भने ।
यहाँका स्थानीयवासीको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा हो । उनीहरूले यार्सागुम्बा बेचेर कमाएको रकमले चीनको तिब्बतमा लाग्ने व्यापार मेलाबाट वर्षभरिलाई पुग्ने खाद्यान्न र अन्य सामान किन्ने गर्छन्  । तर यस वर्ष कोरोना महामारीका कारण न त यार्सागुम्बा टिप्न पाए, न व्यापार मेला नै हुनसक्यो । जसले गर्दा आम्दानी गुम्नुका साथै खाद्यान्नलगायत सामग्री किन्नसमेत नपाएको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासी धार्के गुरुङले पालिकाले पिठो ढुवानीमा अनुदान दिएपछि ठूलो राहत मिलेको बताए । गाउँमा पर्याप्त आम्दानी नहुने र बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यताले गर्दा वर्षेनी स्थानीयवासीले खाद्यान्न सङ्कट भोग्दै आएका उनले गुनासो गरे । उपल्लो डोल्पाका ग्रामीण भेगमा चामल प्रतिक्विन्टल १२ देखि २० हजारसम्ममा बिक्री हुने गर्दछ ।
" /> डोल्पा। दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ ।
दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् । सात वडा रहेको काइके गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजारको हाराहारीमा छ ।
सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा फागुन पहिलो साताभित्र सबैको घरघरमा ग्यास पुग्ने अधिकृत अधिकारीले जानकारी दिइन् । एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको उनको भनाइ छ । वनजङ्गल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।
अत्यधिक चिसो रहेको सो क्षेत्रमा दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए । उनले भने, “भारी हिउँमा दाउरा नपाइने भएकाले तत्काल खाना पकाउन सजिलो होस् भनी ग्यास खरिद गरी गाउँपालिकाले स्थानीयवासीलाई दिन लागेको छ ।”
नेपालगञ्जबाट खरिद गरी मनकामनाको ग्यास जाजरकोट हुँदै डोल्पासम्म यातायातको साधनमा ढुवानी हुन्छ भने दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गर्न लागिएको प्रवक्ता रोकायले जानकारी दिए । प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गर्न लागिएको छ ।
दुई हजार सिलिण्डर र एक हजार ५० चुलो वितरण हुन लागेको हो । गाउँपालिकाको यो कामबाट सबैभन्दा बढी महिला खुशी भएका छन् । घरायसी काममा व्यस्त हुने यहाँका महिला सधैं खाना पकाउन र बालबालिकालाई खाजा पकाउँदा हैरान हुँदै आएका थिए ।
ग्यास पाउने भए पनि आफू निकै खुशी भएको कार्यपालिका सदस्य थललक्ष्मी रोकायले जानकारी दिइन्। सडक सञ्जालसँग नजोडिएको काइकेमा खाद्यान्न ढुवानीदेखि अन्य दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा खच्चड वा मानिसले बोकेर लैजानुपर्ने बाध्यता छ ।
प्रत्येक घरलाई ढुवानी अनुदानको पिठो
डोल्पोबुद्ध गाउँपालिकाले यहाँका स्थानीयवासीलाई घरपिच्छे एक/एक क्विन्टल पिठो (मैदा) अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकामा करिब चार सय ९५ घरधुरीलाई ढुवानीमा अनुदान सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिए ।
एक क्विन्टल पिठोमा रु सात हजार अनुदान दिइएको छ । बाँकी सात हजार भने स्थानीयवासी आफैँले बेहोरेका छन् । नेपालगञ्जबाट एक क्विन्टल पिठो डोल्पोबुद्ध पुर्‍याउन १४ हजार लाग्छ ।
कोरोना महामारीका कारण स्थानीयवासीको आम्दानी गुमेपछि गाउँपालिकाले पिठोमा अनुदान दिएको उनले बताए ।  गाउँपालिकाले चालु आवमा पिठोमा अनुदान दिन ५० लाख छुट्याएको थियो । “ढुवानी खर्च धेरै महङ्गो भएकाले स्थानीय तहले सहयोग गरेको हो । यसबाट स्थानीयवासीलाई धेरै राहत भएको छ”,  अधिकृत पङ्गेनीले भने ।
यहाँका स्थानीयवासीको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा हो । उनीहरूले यार्सागुम्बा बेचेर कमाएको रकमले चीनको तिब्बतमा लाग्ने व्यापार मेलाबाट वर्षभरिलाई पुग्ने खाद्यान्न र अन्य सामान किन्ने गर्छन्  । तर यस वर्ष कोरोना महामारीका कारण न त यार्सागुम्बा टिप्न पाए, न व्यापार मेला नै हुनसक्यो । जसले गर्दा आम्दानी गुम्नुका साथै खाद्यान्नलगायत सामग्री किन्नसमेत नपाएको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासी धार्के गुरुङले पालिकाले पिठो ढुवानीमा अनुदान दिएपछि ठूलो राहत मिलेको बताए । गाउँमा पर्याप्त आम्दानी नहुने र बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यताले गर्दा वर्षेनी स्थानीयवासीले खाद्यान्न सङ्कट भोग्दै आएका उनले गुनासो गरे । उपल्लो डोल्पाका ग्रामीण भेगमा चामल प्रतिक्विन्टल १२ देखि २० हजारसम्ममा बिक्री हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्