भक्तपुर। जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवन निर्माण हुने भएको छ । भक्तपुरको च्याम्हासिंहमा निर्माण हुने उक्त भवनको सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले शिलान्यास गरेकी छन् ।
सात रोपनी जग्गामा फैलिएको करिब दुई हजार एक ८३ दशमलव ३८ वर्गमिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण हुने भएको जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल पराजुलीले जानकारी दिए ।
एक अर्ब ३६ करोड ६७ लाख ९० हजार चार सय ८२ को बजेटमा भवन निर्माण सुरू गर्न लागेको उनले जानकारी दिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो भवन भूकम्प प्रतिरोधात्मक हुनेछ ।
भवनमा चारवटा लिफ्टको व्यवस्था रहने बताइएको छ । अदालतले आवासका लागि चार रोपनी क्षेत्रफलको जग्गा पनि खरिद गरेको छ ।
" /> भक्तपुर। जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवन निर्माण हुने भएको छ । भक्तपुरको च्याम्हासिंहमा निर्माण हुने उक्त भवनको सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले शिलान्यास गरेकी छन् ।सात रोपनी जग्गामा फैलिएको करिब दुई हजार एक ८३ दशमलव ३८ वर्गमिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण हुने भएको जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल पराजुलीले जानकारी दिए ।

">