चितवन। चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै रोकेका माडीका पुल वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि काम सञ्चालन गर्न अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठवटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण गर्न सहमति दिइएको बताए। ठेकेदार कम्पनीले त्यहाँ प्रयोग गरिएका नदीजन्य पदार्थको राजश्व तिर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, माडी नगरपालिका र हुलाकी सडक परियोजनाको संयुक्त बैठकले अपुग कागजपत्र पुर्याउँदै जाने शर्तमा निर्माण कार्य अगाडि बढाउने अनुमति दिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरी पुल निर्माणको कार्य थालेको भन्दै निकुञ्जले पुलको काम तत्काल रोक्न निर्देशन दिएको थियो । निकुञ्जको निर्देशनपछि ठेकदार कम्पनीले पुल निर्माणको काम रोकेका थिए ।
भरतपुर-माडी-ठोरी हुलाकी सडकअन्तर्गत माडीका सानाठूला खोलामा गरी अहिले ११ वटा पुल बनिरहेका छन् । मगुवाई, रिउ, बगइ खोलामा बन्दै गरेका तीनवटा पुलको मात्रै वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ भने बाँकी आठ पुलको प्रतिवेदन बुझाइएको थिएन । तीमध्ये एउटा पुलको वातावरण प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा छ।
माडीमा पुल निर्माण गर्दै गरेका ठेकेदार कम्पनीले त्यहीको नदीजन्य पदार्थ प्रयोग गर्दै आएका छन् । निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएकाले मध्यवर्ती क्षेत्रमा काम गर्दा विभिन्न प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ ।
रासस
" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै रोकेका माडीका पुल वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि काम सञ्चालन गर्न अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठवटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण गर्न सहमति दिइएको बताए। ठेकेदार कम्पनीले त्यहाँ प्रयोग गरिएका नदीजन्य पदार्थको राजश्व तिर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

">