सिमकोट। हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन सुरु भएको छ। कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द तीनवटा गाउँपालिकाका ७७ विद्यालय खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन्।
कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन्। सिमकोट गाउँपालिकाका निजी तथा सामुदायिक गरेर २८ विद्यालय सञ्चालनमा आएका छन्। झण्डै १० महिनापछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थिति रहेको मानसरोवर माध्यामिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले बताए।
पहिलो दिन तीनवटै गाउँपालिकाका विद्यालयमा पढाई सुरु भएकै दिन ८० प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ । कोरोना सङ्क्रमणको सुरक्षाका लागि विद्यार्थी तथा शिक्षकले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने व्यवस्था सम्बन्धित विद्यालयले गरेका छन् ।
त्यसैगरी जिल्लाको सर्केगाड गाउँपालिकाका ३२ वटा विद्यालयमा पठनपाठन एकैसाथ सुरु भएको गाउँपालिकाले जानकारी दिएको छ ।
ताँजाकोट गाउँपालिकाका १७ विद्यालयमा पठनपाठन सुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए। विद्यार्थी र शिक्षकले कोरोना सङ्क्रमणविरुद्धका सामग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएको उनले बताए।
रासस
" /> सिमकोट। हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन सुरु भएको छ। कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द तीनवटा गाउँपालिकाका ७७ विद्यालय खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन्।कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन्। सिमकोट गाउँपालिकाका निजी तथा सामुदायिक गरेर २८ विद्यालय सञ्चालनमा आएका छन्। झण्डै १० महिनापछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थिति रहेको मानसरोवर माध्यामिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले बताए।

">