महोत्तरी। भंगहा नगरपालिका-५ राजपुरबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले चार लाख ५० हजार रुपैयाँ लुटपाट गरेका छन्।
स्वालम्बन लघुबित्त वितीय संस्थाका कर्मचारी सिरहा लहान नगरपालिका-१४ बस्तीपुर बस्ने भागबत यादवले उक्त संस्थाको मासिक किस्ता उठाई ज.८ प १०२६ नम्बरको मोटरसाइकलमा सितापुरतर्फ जाने क्रममा उनको साथमा रहेको रकम लुटपाट गरी ती व्यक्तिहरु फरार भएको बताइएको छ।
लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर डेरा गरी बस्ने ललितपुर इमाडोल घर भएका ४४ वर्षीय उत्तमकुमार लिम्बुको कोठाबाट नगद तीन लाख रुपैयाँ र सुनका बिभिन्न गहनासमेत गरी करिब छ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल तथा १२ सय सिंगापुर डलर चोरी भएको छ।
चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> महोत्तरी। भंगहा नगरपालिका-५ राजपुरबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले चार लाख ५० हजार रुपैयाँ लुटपाट गरेका छन्।स्वालम्बन लघुबित्त वितीय संस्थाका कर्मचारी सिरहा लहान नगरपालिका-१४ बस्तीपुर बस्ने भागबत यादवले उक्त संस्थाको मासिक किस्ता उठाई ज.८ प १०२६ नम्बरको मोटरसाइकलमा सितापुरतर्फ जाने क्रममा उनको साथमा रहेको रकम लुटपाट गरी ती व्यक्तिहरु फरार भएको बताइएको छ।

">