काठमाडाैं। हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । सहकार्य सम्बन्ध रणनीतिक साझेदारीपत्रमा दुवै एयरलाइन्स हस्ताक्षर गरेका छन् ।
हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन् ।
एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपीआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता भएको छ । सो सम्झौतापत्रमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले हस्ताक्षर गरेका छन् ।
नेपाल र चीनको संयुक्त लगानी रहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले हाल मध्यपूर्वी एसिया र दक्षिण एसियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ भने निजी लगानीको यती एयरलाइन्सले नेपालभर सञ्जाल विस्तार गरी विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।
सम्झौताअनुसार दुवै एयरलाइन्सले आ–आफ्नो टिकट जारी गर्ने, नयाँ सेवालाई समावेश गर्ने, यात्रुलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरूले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले दुई एयरलाइन्सबीचको सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । उनले भने, “व्यवसाय विस्तारका लागि नयाँ मार्गहरू खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ।”
यती एयलाइन्सका सिइओ रिमालले हिमालय एयरलाइन्सलाई साझेदारका रूपमा पाउँदा आफूहरूलाई खुशी र उत्साहित बनाएको बताए । उक्त सहकार्यले व्यावसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो । सीईओ रिमालले भने, “हाम्रो समझदारीले दुवै एअरलाइन्सका यात्रुले थप लाभ प्राप्त गर्न सक्नेछन्, सञ्जाल विस्तारका लागि हिमालयसँग सहकार्य गर्ने अवसर पाउँदा हामी खुशी छौँ ।”
दुवै एयरलाइन्सले व्यवसायका लागि नयाँ स्रोत ल्याउन, यात्रुका बीच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ । साझेदारीले सम्भावित यात्रुका लागि नवीन विचारहरू अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने जनाइएको छ।
दुवै एयरलाइन्सका वेबसाइटका माध्यमबाट यात्रुले यती एयरलाइन्स, तारा एयर र हिमालय एयरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा चाहेअनुसारको उडान सेवा छनोट गरी फाइदा लिन सक्नेछन् ।
" /> काठमाडाैं। हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । सहकार्य सम्बन्ध रणनीतिक साझेदारीपत्रमा दुवै एयरलाइन्स हस्ताक्षर गरेका छन् ।हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन् ।

">