काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीबाट कोटेश्वर जाने सडकमा गम्भीर घाइते अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ ।
मृतकको सनाखत भएको छैन । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीका अनुसार मृतक पुरूष अन्दाजी ५० वर्षका रहेका छन् ।
मृतकको शरीरमा कालो धर्के सर्ट, कालो ट्राउजर र खुट्टामा खैरो जुत्ता छ। उनी गएराति करिब सवा ११ बजेतिर गम्भीर घाइते अवस्थामा फेला परेका थिए।
उनलाई प्रहरी नायब निरीक्षक प्रकाश बगाले नेतृत्वको टोलीले तत्काल उद्धार गरी मध्यपुर ठिमी अस्पताल भक्तपुरमा उपचारका लागि पु¥याएको थियो।
अस्पताल पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थियो। दुर्घटना गराउने सवारी साधनको पहिचान भएको छैन। महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षक नवराज थापा नेतृत्वको टोलीले खोजी गरिरहेको छ ।
" /> काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीबाट कोटेश्वर जाने सडकमा गम्भीर घाइते अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ ।मृतकको सनाखत भएको छैन । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीका अनुसार मृतक पुरूष अन्दाजी ५० वर्षका रहेका छन् ।

">