काठमाडौँ। आज पौष शुक्ल पूर्णिमा, यस दिन भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरबाट काठमाडौँको हनुमानढोकामा कलश यात्रा ल्याइने परम्परा छ।
यस दिन बिहान चाँगुनारायण मन्दिरमा पूजापश्चात् नारायण, लक्ष्मी र सरस्वतीरूपी कलशलाई त्यहाँदेखि हिँडाएर काठमाडौँ ल्याइने चलन छ। किंवदन्तीअनुसार कलियुग लागेपछि भगवान् चाँगुनारायणले कलियुगमा आफ्नो सम्मान नहुने भन्दै बैकुण्ठ फर्कन खोज्दा काठमाडौँमा देवी तलेजुले थाहा पाई राजालाई सतर्क गर्दा राजाले भगवान् नारायणलाई यात्रामा अपशकुन देखाउन ठाउँ–ठाउँमा रित्तो तथा फुटेका भाँडाकुँडा राखे। त्यसअनुसार यात्राको शुभ दिन नजुरेपछि राजाले सम्मानपूर्वक आफ्नो दरबारमा ल्याई पूजा गरेको किंवदन्ती छ।
यसैअनुसार यात्राका ठाउँ–ठाउँमा रित्तो र माटोको भाँडो राख्ने प्रचलन अद्यापि छ। विशेषतः काठमाडौँको मखनमा यात्राकै अघि माटाका भाँडाकुँडा फुटाउने गरिन्छ। तर चाँगुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्याय भने यसलाई ‘अतिरञ्जित’ मान्छन्, “रित्तो भाँडो वा फुटेका भाँडाकुँडा देखाएर अपशकुन देखाउने मात्र प्रचलन हो।”
चाँगुनारायणबाट बिहान उक्त यात्राका क्रममा घोडचढीसहितको प्रहरीले साथ दिने चलन छ। यात्रामा चाँगुनारायणको कलश मन्दिरका राजोपाध्याय थरी पुजारीले बोक्ने तथा लक्ष्मी र सरस्वतीको कलश मन्दिरका भँडेल थरीले बोक्ने गर्दछन्। साथै चाँगुदेखि नै गुठीयार, वाद्यसमूह र अन्य भक्तजन पनि कलश यात्रा सँगसँगै काठमाडौँसम्मै आउने पनि गर्दछन्।
चाँगुनारायण मन्दिरबाट सुरु हुने सो यात्रा मूलपानी, दक्षिणढोका, जोरपाटी, खास्ती (बौद्ध), चाःबहिः (चाबहिल), नक्साल, कमलादी, त्रिचन्द्र कलेजको गेट हुँदै जमलको रानीपोखरीको उत्तरमा रहेको एक पाटीमा ल्याइन्छ।
त्यहाँ हनुमानढोकाबाट पूजा पठाई पुजारीले कलश पूजा गरेपछि गुरुज्यूको पल्टन अर्थात् शार्दूल जङ्ग गुल्मको पल्टनले सलामी अर्पण गर्दछन् र बढाइँ गरी भित्री शहरतर्फको यात्रा सुरु हुन्छ।
त्यसपछि सो पल्टनसहित यात्रा जमलबाट कमलाक्षी, असन, बालकुमारी, केलटोल, वंघ (इन्द्रचोक), मखन हुँदै हनुमानढोका दरबार परिसरमा रहेको तलेजुअगाडिको ढोकामा पुर्‍याइन्छ।
त्यहाँ प्रत्यक्ष देवी कुमारीको उपस्थितिमा काठमाडौँको तलेजुका राजोपाध्याय पुजारीले यात्रालाई लसकुस (स्वागत) गर्दछ। साथै सोही अवसरमा तलेजुका कर्माचार्य पुजारी र जोशीले प्रत्यक्ष देवी कुमारीलाई तान्त्रिक विधिबाट पूजा गर्छन्।
हनुमानढोकाभित्र त्रिशूल चोक, मूल चोक हुँदै इनार चोकनजिकको पूजा मण्डपमा कलशलाई राखी पुनः कलश पूजा गरिन्छ। त्यसपछि उक्त पूजाको टीका, फूल र प्रसाद राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिलाई दिनका लागि यात्रा राष्ट्रपति निवासतर्फ लगिन्छ। राष्ट्र प्रमुखले कलशमा छायाँ दर्शन गर्ने परम्परा छ।
राष्ट्रप्रमुखबाट टीका प्रसाद ग्रहणपछि पुनः हनुमानढोका ल्याई कलश विसर्जन गरिन्छ। दिनभर हिँडेर ल्याइएको यात्रा सोही दिन गाडीमा चाँगु फर्काइन्छ।
वर्षको दुईपटक कलश यात्रा
मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायका अनुसार यस कलश यात्रा वर्षको दुईपटक गरिने परम्परा छ।
आजको कलश यात्रा पौष शुक्ल पूर्णिमाको हो भने अर्को कलश यात्रा श्रावण महिनाको शुक्ल पक्षको द्वादशी तिथिमा गरिन्छ। सो यात्राको रुट र पूजा क्रम भने उस्तै नै रहेको छ।
श्रावणको कलश यात्राको बारे ईश्वीको १४ औँ शताब्दीको मानिने गोपालराजवंशावलीमा उल्लेख पाइन्छ। उक्त वंशावलीअनुसार राजा वृषदेवको पालामा यो कलश यात्रा चलाइएको हो। तर उक्त वंशावलीले पौष पूर्णिमाको कलशयात्राबारे भने केही ऐतिहासिकता उल्लेख गरेको छैन।
" /> काठमाडौँ। आज पौष शुक्ल पूर्णिमा, यस दिन भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरबाट काठमाडौँको हनुमानढोकामा कलश यात्रा ल्याइने परम्परा छ।
यस दिन बिहान चाँगुनारायण मन्दिरमा पूजापश्चात् नारायण, लक्ष्मी र सरस्वतीरूपी कलशलाई त्यहाँदेखि हिँडाएर काठमाडौँ ल्याइने चलन छ। किंवदन्तीअनुसार कलियुग लागेपछि भगवान् चाँगुनारायणले कलियुगमा आफ्नो सम्मान नहुने भन्दै बैकुण्ठ फर्कन खोज्दा काठमाडौँमा देवी तलेजुले थाहा पाई राजालाई सतर्क गर्दा राजाले भगवान् नारायणलाई यात्रामा अपशकुन देखाउन ठाउँ–ठाउँमा रित्तो तथा फुटेका भाँडाकुँडा राखे। त्यसअनुसार यात्राको शुभ दिन नजुरेपछि राजाले सम्मानपूर्वक आफ्नो दरबारमा ल्याई पूजा गरेको किंवदन्ती छ।
यसैअनुसार यात्राका ठाउँ–ठाउँमा रित्तो र माटोको भाँडो राख्ने प्रचलन अद्यापि छ। विशेषतः काठमाडौँको मखनमा यात्राकै अघि माटाका भाँडाकुँडा फुटाउने गरिन्छ। तर चाँगुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्याय भने यसलाई ‘अतिरञ्जित’ मान्छन्, “रित्तो भाँडो वा फुटेका भाँडाकुँडा देखाएर अपशकुन देखाउने मात्र प्रचलन हो।”
चाँगुनारायणबाट बिहान उक्त यात्राका क्रममा घोडचढीसहितको प्रहरीले साथ दिने चलन छ। यात्रामा चाँगुनारायणको कलश मन्दिरका राजोपाध्याय थरी पुजारीले बोक्ने तथा लक्ष्मी र सरस्वतीको कलश मन्दिरका भँडेल थरीले बोक्ने गर्दछन्। साथै चाँगुदेखि नै गुठीयार, वाद्यसमूह र अन्य भक्तजन पनि कलश यात्रा सँगसँगै काठमाडौँसम्मै आउने पनि गर्दछन्।
चाँगुनारायण मन्दिरबाट सुरु हुने सो यात्रा मूलपानी, दक्षिणढोका, जोरपाटी, खास्ती (बौद्ध), चाःबहिः (चाबहिल), नक्साल, कमलादी, त्रिचन्द्र कलेजको गेट हुँदै जमलको रानीपोखरीको उत्तरमा रहेको एक पाटीमा ल्याइन्छ।
त्यहाँ हनुमानढोकाबाट पूजा पठाई पुजारीले कलश पूजा गरेपछि गुरुज्यूको पल्टन अर्थात् शार्दूल जङ्ग गुल्मको पल्टनले सलामी अर्पण गर्दछन् र बढाइँ गरी भित्री शहरतर्फको यात्रा सुरु हुन्छ।
त्यसपछि सो पल्टनसहित यात्रा जमलबाट कमलाक्षी, असन, बालकुमारी, केलटोल, वंघ (इन्द्रचोक), मखन हुँदै हनुमानढोका दरबार परिसरमा रहेको तलेजुअगाडिको ढोकामा पुर्‍याइन्छ।
त्यहाँ प्रत्यक्ष देवी कुमारीको उपस्थितिमा काठमाडौँको तलेजुका राजोपाध्याय पुजारीले यात्रालाई लसकुस (स्वागत) गर्दछ। साथै सोही अवसरमा तलेजुका कर्माचार्य पुजारी र जोशीले प्रत्यक्ष देवी कुमारीलाई तान्त्रिक विधिबाट पूजा गर्छन्।
हनुमानढोकाभित्र त्रिशूल चोक, मूल चोक हुँदै इनार चोकनजिकको पूजा मण्डपमा कलशलाई राखी पुनः कलश पूजा गरिन्छ। त्यसपछि उक्त पूजाको टीका, फूल र प्रसाद राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिलाई दिनका लागि यात्रा राष्ट्रपति निवासतर्फ लगिन्छ। राष्ट्र प्रमुखले कलशमा छायाँ दर्शन गर्ने परम्परा छ।
राष्ट्रप्रमुखबाट टीका प्रसाद ग्रहणपछि पुनः हनुमानढोका ल्याई कलश विसर्जन गरिन्छ। दिनभर हिँडेर ल्याइएको यात्रा सोही दिन गाडीमा चाँगु फर्काइन्छ।
वर्षको दुईपटक कलश यात्रा
मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायका अनुसार यस कलश यात्रा वर्षको दुईपटक गरिने परम्परा छ।
आजको कलश यात्रा पौष शुक्ल पूर्णिमाको हो भने अर्को कलश यात्रा श्रावण महिनाको शुक्ल पक्षको द्वादशी तिथिमा गरिन्छ। सो यात्राको रुट र पूजा क्रम भने उस्तै नै रहेको छ।
श्रावणको कलश यात्राको बारे ईश्वीको १४ औँ शताब्दीको मानिने गोपालराजवंशावलीमा उल्लेख पाइन्छ। उक्त वंशावलीअनुसार राजा वृषदेवको पालामा यो कलश यात्रा चलाइएको हो। तर उक्त वंशावलीले पौष पूर्णिमाको कलशयात्राबारे भने केही ऐतिहासिकता उल्लेख गरेको छैन।
प्रतिक्रिया दिनुहोस्