काठमाडाैं। नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पाँच सय ९७ स्थानीयवासी लाभान्वित भएका छन् ।
सेनाको २८ बाहिनी र २८ फिए गुल्म, नेपाल औषधि उत्पादक संघ, प्रदेश २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चन्दननाथ गणको सहकार्यमा शिविरमा जनरल चिकित्सा, दन्त सेवा, इसिजी, आँखाको उपचार सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानका पछि परेका समुदायले समेत निःशुल्क सेवा पाएको उक्त शिविरमा दुई सय ७५ महिला, एक सय ८३ पुरुष र एक सय ३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा पुग्नेमध्ये पेट, हाडजोर्नी, दीर्घरोग, दम, छाला र मोतियाविन्दुका बिरामीको सङ्ख्या बाक्लो रहेको सेनाले जनाएको छ ।
शिविरमा हाइपरटेन्सन र दमका रोगी, हाडजोर्नी भएका बिरामीलाई फलोअप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको सेनाले जनाएको छ ।
सो शिविरमा ५१ ले दाँतको उपचार सेवा लिएकामा अधिकाशले सेनाले उपलब्ध गराएको सेवाको प्रशंसा गरेका थिए ।
उक्त शिविरबाट सेनाले आगामी दिनमा त्यसखाले शिविरमा आँखा, जनरल फिजिसियन, हाडजोर्नीका थप सेवा र विशेषज्ञको आवश्यकता महसुस भएको जनाएको छ ।
" /> काठमाडाैं। नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पाँच सय ९७ स्थानीयवासी लाभान्वित भएका छन् ।सेनाको २८ बाहिनी र २८ फिए गुल्म, नेपाल औषधि उत्पादक संघ, प्रदेश २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चन्दननाथ गणको सहकार्यमा शिविरमा जनरल चिकित्सा, दन्त सेवा, इसिजी, आँखाको उपचार सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

">