पहिलो स्वर्ण देशलाई, दोस्रो माइती नेपाल तथा शान्ति एजुकेशनलाई र तेस्रो हजुरबुबालाई: गौरिका
काठमाडौं। नेपालले तेस्रो पटक आयोजना गरेको १३ औं साग समापन नजिक छ। प्रतियोगिताको आठौं दिन सकिँदा १६ वर्षिया गौरिका सबैतिर छाइन्। १९ मंसीरमा पहिलो स्वर्ण जितेकी गौरिकाले पौडीमा आज व्यक्तिगत तेस्रो स्वर्ण पदक जितिन्।

यससँगै उनी एउटै संस्करणमा तीन स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्। २ सय मिटर फ्रिस्टाइलमा पहिलो स्वर्ण पदक जितेकी गौरिकाले दोस्रो स्वर्ण २ सय ब्याकस्ट्रोकमा जितेकी थिइन्। उनले आज महिला ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै ह्याट्रिक गरिन्। उनले यो पदक हजुरबुबालाई समर्पित गरिन्।

"पहिलो स्वर्ण मेरो देशका लागि। दोस्रो स्वर्ण मेरो च्यारिटी माइती नेपाल र शान्ति एजुकेशनलाई। र यो तेस्रो स्वर्ण मेरो हजुरबुबालाई। उहाँको बर्थडे पनि आउदैछ," गौरिकाले भनिन्। ११ वर्षको उमेरमै गौरिकाले ८ राष्ट्रिय कीर्तिमान तोड्दै सनसनी मच्चाएकी थिइन्।

२०७१ को साउनमा सम्पन्न राष्ट्रिय खुला पौडी प्रतियोगितामा पाएको सफलताले गौरिकालाई एकाएक चर्चामा ल्यायो।  परिवारसँग लन्डनमा बस्दै आएकी गौरिका त्यसपछि नियमित प्रतियोगिता खेल्न नेपाल आइन्। भारतमा सम्पन्न १२औं सागमा गोरिकाले १ रजत र ३ कांस्य जित्दै पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी भइन्।

जारी संस्करण उनले तीन स्वर्ण, दुई रजत र तीन काश्य पदक जितिसकेकी छिन्। उनले अझै ८ स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन्। थप एक स्वर्ण पदक जितिन् भने उनले सागमा सबभन्दा धेरै ४ स्वर्ण पदक जित्ने दीपक विष्टको कीर्तिमानसँग बराबरी गर्नेछिन्। तर, गौरिकाले त्यस्तो कीर्तिमानबारे केही नसोचेको बताइन्, "मैले त्यस्तो केही सोचेको छैन। आशा गरौं त्यो पनि हुनेछ।"

दशरथ रंगशालामा १३औं सागको उद्घाटन भइसक्दा पनि सातदोबाटोको पौडी पोखरी निर्माणाधिन अवस्थामै थियो। पौडी पोखरी समयमै निर्माण भइसक्छ भनेर कमैले मात्र सोचेका थिए। स्वयम गौरिकालाई पनि विश्वास थिएन। उनी भन्छिन्, "विशेषगरि भैतिक पूर्वाधर बनाएकोमा सबभन्दा राम्रो लागेको छ। बन्छ की बन्दैन भन्ने थियो। यति छोटो समयमा यस्तो राम्रो पुल बनाएको देख्दा धेरै खुशी छु। विश्वास नै लागेको छैन।"
नेपालले आज सम्म ४५ स्वर्ण पदक जितेको छ। त्यसमध्ये अधिकांश महिला खेलाडीले जितेका छन्। महिला खेलाडीले धेरै पदक जितेकोमा गौरिका पनि मख्ख छिन्।  उनले भनिन्, "पहिला खेलकुदमा महिला खेलाडी कम हुन्थे। आज यो खबरले धेरै खुशी छु। मेरो जीतले पनि अरू महिलालाई खेलमा लाग्न प्रेरित गर्नेछ।"

प्रतिक्रिया दिनुहोस्