छोरीको हत्या आरोपमा बुबा पक्राउ

काठमाडौं । अर्घाखाँचीमा दुई वर्षीया छोरीको हत्या आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ।

जिल्लाको शितगंगा नगरपालिका–२ झिर्राका २४ वर्षीय सन्तोष घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको अवस्थामा घिमिरेले छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।