काठमाडौं। सन् २०२० मा विभिन्न विपद्का घटनाहरुबाट नेपालमा चार हजार चार सय ९६ जनाको मृत्यु भएको छ।
सन् २०२० जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो। विपद्का घटनाका उक्त अवधिमा एक सय दुई जना बेपत्ता भएका छन्।
“सन् २०२० मा विपद्का विभिन्न घटनाहरुबाट कुल चार हजार चार ९६ मानिसको मृत्यु भयो र एक सय दुईजना बेपत्ता भए। जसमध्ये सडक दुर्घटनाबाट मात्र दुई हजार ८५ जनाको मृत्यु भयो र पाँच हजार दुई सय ६० जना गम्भीर घाइते भए। कुल मृत्यु हुनेमध्ये ८८ प्रतिशतको मृत्यु सडक दुर्घटना र कोभिड–१९ का कारण भएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रिपोर्टमा उल्लेख छ।
प्राधिकरणका अनुसार सर्पदंश, आगलागी, चट्याङ, सडक दुर्घटना, कोभिड–१९, पहिरो, बाढी र अन्य विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको हो।
सन् २०२० मा कोरोना भाइरसकको संक्रमणका कारण एक हजार आठ सय ५६ जनाको मृत्यु भएको छ। यसैगरी पहिरोका घटनामा परी तीन सय तीन जनाको मृत्यु र ६४ जना बेपत्ता भएको रिपोर्टमा उल्लेख छ।
बाढीका घटनामा परी सन् २०२० मा ४२ जनाको मृत्यु र ३७ जना बेपत्ता भएका छन्। उक्त वर्ष चट्याङ लागेर मात्र ८२ जनाले ज्यान गुमाएका छन्।
आगलागीका घटनामा परी सन् २०२० मा ५३ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ।
सर्पको टोकाइबाट गत वर्ष २१ जनाको मृत्यु भएको छ। विपद्का अन्य घटनाबाट सन् २०२० मा ५४ जनाको मृत्यु र एक जना वेपत्ता भएका थिए।
गत वर्ष सडक दुर्घटना र कोभिड–१९ बाहेक अन्य विपद्का घटनाले मात्र १ अर्ब ७६ करोड ६ लाख २० हजार ८६० रुपैयाँ बराबरको क्षति गरेको थियो।
आगलागीका घटनामा मात्र सन् २०२० मा १ अर्ब ५५ करोड ६२ लाख १५ हजार ४१० रुपैयाँ बराबरको क्षति गरेको थियो। बाढीका घटनाले ४ करोड ८८ लाख ११ हजार रुपैयाँ बराबरको क्षति गरेको थियो।