काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत दुईजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने अर्का व्यत्ति जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया राजकिशोर भगत रहेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
बर्दिवासस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई कार्यालय परिसरबाटै घुस रकम दुई लाख ७३ हजार आठ सय ५० रूपैयाँसहित पक्राउ गरेको हो।
यातायात व्यवस्था कार्यालय जनकपुरधाममा भइरहेको ‘स्काभेटर र लोडर’को सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाएको भन्ने सूचना प्राप्त गरेपछि अख्तियारको टोलीले उनीहरूमाथि निगरानी राखेको थियो।
यसैक्रममा अख्तियारको टोलीले हिजो यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी कापरको कोठामा खानतलासी गर्दा दुई लाख २३ हजार आठ सय ५० रूपैयाँ अतिरिक्त रकम बरामद गरेको हो।
उनको कोठाबाटै परीक्षार्थीहरूको पैसा बुझाउन ल्याएको भनिएका बिचौलिया भगतको साथबाटसमेत परीक्षार्थीहरूको नाम र दर्ता नं. भएको कागजातसहित ५० हजार रूपैयाँ अख्तियारको टोलीले बरामद गरेको थियो।
“दुवैजनालाई उक्त रकमसहित माघ १३ गते यातायात व्यवस्था कार्यालय जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,” अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत दुईजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।पक्राउ पर्ने अर्का व्यत्ति जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया राजकिशोर भगत रहेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

">