काठमाडौं । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा हार व्येहोरेका पक्षको आक्रमणबाट बझाङमा एक जना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा २७ वर्षीय अमृत सिंह रहेका छन्। उनी छवीसपाथिभेरा गाउँपालिका वडा नम्बर–३ पातागाउँका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले मृतक सिंह बुन्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचन जित्ने पक्षको रहेको खुलेको बताए।
उनको मृत्यु मंगलबार साँझ करिब साढे सात बजे भएको हो। खुँडा प्रहारबाट उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको डीएसपी खड्काले बताए।
उनका अनुसार खुँडा प्रहार गरेको आरोपमा घटनास्थलबाट खुँडासहित अन्दाजी ३० वर्षीय ज्ञानबहादुर कडायत पक्राउ परेका छन्। उनी सोही गाउँपालिकाको वडा नम्बर–२ का हुन्।
घटनामा संलग्न भनिएकामध्येका प्रकाश ऐरी भने फरार छन्। पक्राउ परेका कडायत र फरार ऐरी दुवै निर्वाचनमा हार व्येहोरेका पक्षको रहेको पाइएको पनि डीएसपी कडायतले बताए।
“उनीहरू दुवै जना निर्वाचनमा हार व्येहोरेका पक्षको रहेको खुलेको छ”, उनले देखापढीसँग भने, “हार जीतको विषयलाई लिएर विवाद हुँदा घटना भएको हुन सक्छ, हामी विस्तृत अनुसन्धान गरिरहेका छौं र अनुसन्धानपछि कारण खुल्ला।” निर्वाचन भने शान्तिपूर्ण वातावरणमा भएको थियो।
" /> काठमाडौं । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा हार व्येहोरेका पक्षको आक्रमणबाट बझाङमा एक जना युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा २७ वर्षीय अमृत सिंह रहेका छन्। उनी छवीसपाथिभेरा गाउँपालिका वडा नम्बर–३ पातागाउँका हुन्।

">