बेइजिङ। चीन र न्यूजिल्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ। सम्झौताले दुवै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्याउने बताइएको छ।
चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनका न्यूजिल्यान्ड समकक्षीले सम्झौतामा भिडियोमार्फत् हस्ताक्षर गरेका थिए।
सन् २००८ मा चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो। चीनले कुनै विकसित मुलुकसँग यस्तो सम्झौता गरेको यो पहिलोपटक थियो।
नयाँ सम्झौताका लागि विगत तीन वर्षदेखि दुवै मुलुकका अधिकारीहरूबीच वार्ता भइरहेको थियो। क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाइ उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहनसमेतका सेवा क्षेत्रलाई न्युजिल्यान्डका लागि थप खुला गर्नेछ। साथै वस्तुको व्यापारतर्फ अद्यावधिक गरिएको सम्झौताले दुवै मुलुकबीच काठ र कागजका उत्पादनको व्यापारलाई थप खुला गर्ने तथा वस्तुको उत्पत्तिको नियममा पनि सरलीकरण गर्नेछ, चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ।
न्युजिल्यान्डले चिनियाँ लगानीको सीमालाई पनि पुनः मूल्याङ्कन गर्ने सम्झौतामा उल्लेख छ। साथै दुवै देशबीच इ-कमर्स, प्रतिस्पर्धा नीति, सरकारी खरिद, वातावरण र व्यापारका क्षेत्रको आपसी सहयोगलाई थप सुदृढ गर्न सहमति भएको छ।
साथै दुवै मुलुकले स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनलाई सहज तुल्याउन देशभित्रका कानुनी र अन्य नीतिनियममा तत्काल सुधार गर्न लागेको पनि वाणिज्य मन्त्री वाङले जानकारी दिएका छन्।
रासस/सिन्ह्वा
" /> बेइजिङ। चीन र न्यूजिल्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ। सम्झौताले दुवै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्याउने बताइएको छ।चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनका न्यूजिल्यान्ड समकक्षीले सम्झौतामा भिडियोमार्फत् हस्ताक्षर गरेका थिए।

">