इलाम। नेपाल पत्रकार महासङ्घ इलामले क्रियाशील पत्रकार महिलालाई पुरस्कृत गर्ने उद्देश्यले ५० हजार राशिको कोष स्थापना गरेको छ। इलाम नगरपालिकाबाट २५ हजार र शाखाको तर्फबाट २५ हजार गरेर ५० हजारको कोष स्थापना गरिएको हो।
क्रियाशील पत्रकार महिला पुरस्कार कोषको आइतबार शाखाको १६ औँ साधारणसभामा घोषणा गरिएको थियो। कोषबाट पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील एक पत्रकार महिलालाई १० हजार राशिको पुरस्कृत गरिनेछ।
कोषका लागि पत्रकार महासङ्घ इलाम शाखाकी केन्द्रीय पार्षद रीता राराहाङ राईलाई पाँच हजार पाँच सय ५५ र प्रदेश समिति सदस्य केशव लामाले दुई हजार उपलब्ध गराएको छ। महासङ्घका सचिव ख्याम भुजेलका अनुसार कोष वृद्धि कार्यविधि व्यवस्थापनलगायत कामका लागि कार्यसमिति सदस्य बुद्धमाया सोङ्मीको संयोजकत्वमा महासङ्घ जिल्ला शाखा उपाध्यक्ष कौशिला राई र कार्यसमिति सदस्य विनय तिम्सिना सदस्य रहेको उपसमिति गठन गरिएको छ। भुजेलका अनुसार कोषलाई वृद्धि गरेर निकट भविष्यमै दुई लाख पुर्याउने योजना छ।
यस्तै, महासङ्घले गएको वर्ष मात्रै ५० हजारको ‘आपत्कालीन राहत कोष’ स्थापना गरेको छ। सक्रिय पत्रकारको भैपरी आउने घटनामा आर्थिक सहयोग पुर्याउन महासङ्घले कोष खडा गरेको हो। कोषको रकम हाल एक लाखभन्दा माथि पुगेको छ।
महासङ्घ शाखा अध्यक्ष कोकिला ढकालका अनुसार सोही कोषबाट जिल्ला शाखाका दुई पत्रकारलाई आर्थिक सहयोग गरिसकिएको छ। दुर्घटनामा परेको दुई पत्रकारलाई शाखाले १० हजार प्रति व्यक्ति रकम उपलब्ध गराएको हो। ढकाल पत्रकार महासङ्घकी हालसम्मकै एक मात्र शाखा महिला अध्यक्ष छन्। ढकालकै कार्यकालमा स्व. पत्रकार आशिष स्मृति पुरस्कार कोषको रकम भने एक लाख पुर्याइएको छ। साविक मेचीका एक उदीयमान पत्रकारलाई यो पुरस्कारबाट पुरस्कृत गरिन्छ। शाखाले जिल्लाका पत्रकारको दुर्घटना बीमाको लागि समेत प्रक्रिया शुरु गरेको छ।
" /> इलाम। नेपाल पत्रकार महासङ्घ इलामले क्रियाशील पत्रकार महिलालाई पुरस्कृत गर्ने उद्देश्यले ५० हजार राशिको कोष स्थापना गरेको छ। इलाम नगरपालिकाबाट २५ हजार र शाखाको तर्फबाट २५ हजार गरेर ५० हजारको कोष स्थापना गरिएको हो।क्रियाशील पत्रकार महिला पुरस्कार कोषको आइतबार शाखाको १६ औँ साधारणसभामा घोषणा गरिएको थियो। कोषबाट पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील एक पत्रकार महिलालाई १० हजार राशिको पुरस्कृत गरिनेछ।

">