काठमाडौं। ट्राफिक प्रहरीले चोरीका २४ वटा मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक जनक भट्टराईले सोमबार ती मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिएका हुन्।
ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयुटार, फनपार्क, इमाडोल, थापाथली, तीनकुने, पाटन, ढुङ्गेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोट, कपन, बसुन्धारा, कोटेश्वर, धूम्बाराही, विशालनगर, र कीर्तिपुरलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गर्नको लागि महाशाखाले पीडित सहायता इकाइबाट सादा पोशाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो।
जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकोले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न र साइरनलगायतका उपकरण जडान गर्नको लागि चालकहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक जनक भट्टराईले सुझाव दिएका छन्।
चोरी भएको थाहापाउन साथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा लस्ट भेहिकल एप्लिकेसनमा लग इन गरी निवेदन दिन सकिने उनले बताए।
महाशाखाले यस आ.व. ०७७÷०७८ मा १९९ वटा मोटरसाइकल अनुसन्धानाको लागी ल्याएको छ भने चोरीमा संलग्न ३५ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत मंसिर, पौस र माघमा मोटरबाइकको चोरी बढेको छ तर गएका केही वर्षहरूभन्दा अहिलेको वर्ष भने चोरी गर्ने दर धेरै घटेको छ।
" /> काठमाडौं। ट्राफिक प्रहरीले चोरीका २४ वटा मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक जनक भट्टराईले सोमबार ती मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिएका हुन्।

">