काठमाडौं। देशका विभिन्नस्थानबाट लागुऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीकाअनुसार उनीहरू काठमाडौं, झापा, सिरहा र सुर्खेतबाट पक्राउ परेका हुन्।
काठमाडौंबाट ६ केजी ८ सय १६ ग्राम लागूऔषध गाँजा र नगद ६ लाख ६२ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–७ घर भई हाल चन्द्रागिरि नगरपालिका-१ बलम्बु डेरा गरी बस्ने ३७ वर्षीया रिता खड्का र धादिङ थाक्रे गाउँपालिका-९ घर भएकी २९ वर्षीया अमृता तामाङ रहेका छन्।
काठमाडौं महानगरपालिका-१३ रविभवनमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूको साथ र कोठामा गरी उक्त परिमाणको गाँजा र नगद सहित उनीहरूलाई पक्राउ गरेको हो।
झापाको शिवसताक्षी नगरपालिका-११ बाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-८ बस्ने २५ वर्षीय सतबहादुर देवान र ३२ वर्षीय दिलिप महत रहेका छन्। उनीहरूबाट ५८ एम्पुल डाईजेपाम, ५७ एम्पुल बुफ्रेनोर्फिन र ५८ एम्पुल प्रोमेथोजाईन प्रहरीले बरामद गरेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले गेटबाट दुई सय ८० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनागर नगरपालिका-४ बस्ने २५ वर्षीय सरोज पन्त रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो।
सिरहाको मिर्चैया नगरपालिका–९ डाँडागाँउबाट करिब २५ केजी गाँजा प्रहरीले बरामद गरेको छ। स्थानीय रणबहादुर श्रेष्ठको घरमा गाँजा किनबेच भइरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घर तलासी गर्दा उक्त गाँजा फेला पारेको हो।
श्रेष्ठ हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। उक्त गाँजा किनबेच गर्ने कार्यमा संलग्न धनुषा कमला नगरपालिका-८ बस्ने ३३ वर्षीय संजिव मण्डल लगायत ३ जनालाई समेत स.६ प ३८६५ नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। देशका विभिन्नस्थानबाट लागुऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीकाअनुसार उनीहरू काठमाडौं, झापा, सिरहा र सुर्खेतबाट पक्राउ परेका हुन्।काठमाडौंबाट ६ केजी ८ सय १६ ग्राम लागूऔषध गाँजा र नगद ६ लाख ६२ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

">