दुर्घटनामा एकजनाको मृत्यु

धादिङ। बेनीघाट रोराङ गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०–३–०–१००३ क ५३२५ नम्बरको बोलेरो र विपरीत दिशाबाट मुग्लिङतर्फ जाँदै गरेको बा८४प १५७१ नम्बरको मोटरसाइकल दिउँसो ३ बजे एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार काठमाडौं गुर्जुधारा निवासी पुजन खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। घटनापछि बोलेरो चालकलाई प्रहरीले पक्राउ गरेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्